खजुरा(बाँके) १९ फागुन : लुम्बिनी प्रदेश सरकारले बाँकेको खजुरामा स्थापना गर्न लागेको प्रदेश बिश्व बिद्यालय अन्यत्र सार्न प्रयास गरेको भन्दै खजुरा गाउँपालिकाले आपत्ती प्रकट गरेको छ ।
बिश्व बिद्यालयका लागि एक सय बिगाह जमिन कानूनी रुपमै उपलब्ध गराएर प्रदेश सरकारको आर्थिक बर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रम र बजेट मार्फत खजुरामा लम्बिनी प्रदेश स्तरीय बिश्व बिद्यालय स्थापना गर्ने घोषणा भएको थियो ।
त्यसका लागि पालिकाले खजुरा गाउँपालिका वडा नम्बर– ८ रनियापुरमा एकसय बिगाह जमिन नापी गराई प्रदेश बिश्व बिद्यालयका लागि उपलब्ध गराउनुका साथै वडा नम्बर–८ मा सर्वपक्षिय छलफल र निर्णण गरी गाउँसभाबाट पारित गरेर जिल्ला सभाबाट समेत पारित गरेर मूख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई सम्पूण कागजात उपलब्ध गराएको खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपति बताउनु भयो ।
बाँकेमा बिगत देखिनै बिश्व बिद्यालयका लागि संघर्ष भएको र त्यसकै आधारमा र लुम्बिनी प्रदेशमा बिकासको समिकरण र सन्तुलन मिलाउदै राजधानी तथा क्षत्रीय स्तरका सरकारी कार्यालय गुमाउन पुगेको बाँकेले सौदाबाजीमै बिश्व बिद्यालय प्राप्त गरेको बिज्ञहरुको भनाई छ ।
बिश्व बिद्यालयका लागि खजुरा गाउँपालिकाले गर्नुपर्ने सबै प्रकृया पूरा गरेरै अगाडी बढाईएको भएपनि कार्यान्वयनका चरणमा जानेबेला अन्यत्र सार्ने कुराले बाँकेबासीलाई चिन्तित बनाउँदा खजुरा गाउँपालिका संघर्षको चरणमा अगाडी बढेको छ ।
बिश्व बिद्यालयकै बिषयमा खजुरा गाउँपालिकाले खजुरा स्थित राजनैतिक दलहरुसंग छलफलगरी संघर्ष समिति गर्ने निर्णय गरिएको छ ।
आजै खजुरा गाउँपालिकाले पत्रकार सम्मेलन गर्दै कुनैपनि बहानामा बिश्व बिद्यालय सार्ने कुरा गर्नु घातक हुने चेतावनी दिएको छ । खजुरा गाउँपालिका अध्यक्ष कक्षपतिले खजुराले गर्ने सबै प्रकृया, बिधि पूरा गरेकाले कार्यान्वयनमा जानुको सट्टा जालझेल गर्नु आपत्तीजनक भएको बताए ।
उनले प्रदेश बिश्व बिद्यालयको लम्बिनी सरकारले रातो किताबमा (राजपत्रमा) प्रकाशित गरिसकेको खजुरामा योजना आयोगले धरातल नहेरी बिभिन्न बहानाबाजी गर्दै अन्यत्र सार्ने प्रयास गर्नु गैर कानूनी भएको उल्लेख गरे ।
प्रादेशिक बिश्व बिद्यालयका सन्दर्भमा बाँके र बर्दिया स्थित प्रदेश सांसद, राजनैतिक दल, पालिका प्रमुख, जिल्ला समन्वय समिति प्रमुख, शिक्षा क्षेत्र, बुद्धिजीवी लगायत सम्पूर्ण सरोकारवाला निकायसंग अन्तरक्रियाको तयारी गरिरहेको छ ।