संसदमाथि हस्तक्षेपः डा. संग्रौला


संसदमाथि हस्तक्षेपः डा. संग्रौला

नेपालगन्ज : नेपाली काँग्रेसकी केन्द्रिय सदस्य एवम् सांसद डा. डिला संग्रौलाले वर्तमान सरकारले ब्यवस्थापिका संसदमाथी हस्तक्षेप गरिरहेको
आरोप लगाएकी छन् ।

शक्ति सन्तुलनको सिद्धान्त विपरित कार्यपालिकाले ब्यवस्थापिकालाई चलाउने काम गरेको उनको भनाई छ । नेपाल प्रेस युनियन बाँकेले नेपालगन्जमा शनिबार आयोजना गरेको पत्रकार भेटघाटमा संग्रौलाले यस्तो बताएकी हुन् ।

वर्तमान सरकार आफ्नो दुई तिहाईको दम्भमा अगाडी बढिरहेको हुदाँ व्यवस्थापिकलाई गौण बनाउने कोसिसमा रहेको उनले जोड दिईन् । ‘अहिले हरेक तर्फबाट सरकारको आलोचना भईरहेको छ, हरेक ठाउँमा सरकारको बिरोध भईरहेको छ, तरपनि सरकार अटेरी गर्दै संबिधान विरोधी क्रियाकलापहरु गर्दै अगाडी बढेको छ, जुन संविधान विपरित छ ।’

मिडिया काउन्सिल विधेयक ल्याएर सरकारले पत्रकारको कलम भाँच्ने काम गरेको उनले बताईन । हरेक परिवर्तनको साक्षीको रुपमा रहेको चौथो अंगलाई निषेध गर्न खोजेकोमा नेपाली काँग्रेसको घोर आपत्ती रहेको उनको धारणा छ ।

Kanti Aarogya Hospital Nepalgunj

लोकसेवा आयोगको विज्ञापन खारेजीको विषयमा प्रतिक्रिया दिदै राज्य ब्यवस्था समितिको सदस्य समेत रहेकी संग्रौलाले आयोगले निकालेको विज्ञापन संविधानको मर्म विपरित रहेको बताईन् ।

संविधानले अंगिकार गरेको समानुपातिक र समावेशीतालाई आयोगले कुल्चिएको नेपाली काँग्रेसकी केन्द्रिय सदस्य समेत रहेकी सांसद डा.संग्रौला भनाई छ ।  कर्मचारी भर्ना गर्ने अधिकार संविधानले प्रदेश सरकारलाई पनि दिएको स्पष्ट पार्दै प्रदेश लोक सेवा आयोग गठन गरेर विज्ञापन खोल्नुपर्ने सुझाव दिईन् ।