डिउ र कोकको तस्करी रोक्न बाँके प्रहरी कस्सियो, जहाँ भेट्यो त्यहिं नष्ट गर्दै 


डिउ र कोकको तस्करी रोक्न बाँके प्रहरी कस्सियो, जहाँ भेट्यो त्यहिं नष्ट गर्दै 

नेपालगन्ज ३० फागुनः भारतको रुपैडिहा हुँदै नेपालगन्ज भित्रिरहेका चिसो पेय पदार्थ डिउ र कोकाकोलाको तस्करी रोक्न बाँके प्रहरी कस्सिएको छ । डिउ र कोकाकोला तस्करी गरेको भेटिने वित्तिकै प्रहरीले नष्ट गर्न थालेको छ ।
डिउ र कोकाकोला तस्करीको समाचार सेतोखरीले फागुन २७ गते प्रकाशित गरेपछि बाँके प्रहरी यतिखेर उक्त पेय पदार्थको तस्करी रोक्न कस्सिएको हो ।
 
रुपैडिहा नाका भएर नेपालगन्ज तस्करी हुने डिउका जम्बो बोतलहरु बाँके प्रहरीले जमुनाहबाटै फर्काइदिन थालेको छ । डिउ र कोकाकोला भारतमा सस्तो पर्ने हुँदा नेपालमा तस्करी हुने गरेको छ । जसका कारण नेपाली उपभोक्ता मारमा परिरहेका छन् ।
 
जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी मुधुसुदन न्यौपानेले डिउ र कोकको तस्करी रोक्न बाँके प्रहरीले कडा कदम चालेको जानकारी दिए ।

रुपैडिहाबाट नेपालगन्ज तस्करी गरी ल्याउन लागिएका डिउ र कोकलाई जमुनाह प्रहरीले रुपैडिहा नै फर्कादिन थालेको छ, अटेर गरे बिर्को खोलेर नष्ट गरिदिने गरेको डिएसपी न्यौपाले सेतोखरीलाई जानकारी दिए ।

डिउ र कोकाकोलाका जम्बो बोतलहरु हातमा बोकेर रुपैडिहाबाट नेपालगन्ज ल्याइ पसल–पसलमा बिक्री गर्ने गर्दछन् । जमुनाह नाकाबाट दैनिक सैयौं बोतल डिउ र कोक नेपालगन्ज तस्करी भइरहेको हुन्छ ।
Kanti Aarogya Hospital Nepalgunj