नेपालगन्ज : बाँकेमा एक भारतीय नागरिक सहित तीन जनाको मृत्यु भएकोछ । बाँके प्रहरीका अनुसार छुट्टा–छुट्टै दुर्घटनामा उनीहरुको मृत्यु भएको हो । यसरी मृत्यु हुनेमा बाँकेको जनाकी गाउँपालिका–१ बरहैया गाउँमा शनिबार बिहान करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले दिएको जानकारी अनुसार आफ्नै घरमा कुचो लगाउदै गर्दा २० वर्षिया अनिता गुप्तालाई करेन्ट लागेर उनको मृत्यु भएको हो ।
स्थानीयका अनुसार मृतकका बुवाले अटो रिक्सा चार्ज गर्न जोडेको बेलामा आँगनमा कुचो लगाउदै गरेकी अनितालाई एक्कासी करेन्ट लागेको थियो ।
यसैबीच, बाँके राप्तीसोनारी गाँउपालिकाको बिनौना हरिहरपुर जोड्ने पुल निर्माणको कार्यमा खटेका एक भारतीय मजदुरको मृत्यु भएको छ ।
शुक्रबार साँझ ४ बजेतिर पुलको पिल्लर बनाउने क्रममा चोट लागेर गम्भीर घाइते भएका भारत पश्चिम बंगाल मालदाका १८ वर्षीय मरिउल स्लामको उपचारको क्रममा मृत्यु भएको बाँके प्रहरीले जनाएको छ ।
प्रहरीले मृतक दुवैको शव आवश्यक अनुसंधान पुरागरी अन्तिम संस्कारको लागि आफन्तको जिम्मा लगाएको छ ।
यस्तै शनिबार बाँकेको कोहलपुरस्थित डुडुवा नालामा डुबेर मुक्ति प्रसाद आचार्यको मृत्यु भएको छ । कोहलपुर निवासी २८ वर्षीय आचार्य पौडी खेल्न डुडुवा नालामा गएका उनको नालामा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
कोहलपुर नगरपालिका १२ चपरगौडीस्थित डुडुवा पुल नजिक पौडी खेल्ने क्रममा आचार्य एक्कासी बेपत्ता भएका थिए । उनी डुबेको थाहा पाउनासाथ जनपथ प्रहरी र शसस्त्र प्रहरी उद्दारमा जुटेपनि जिवितै उद्धार गर्न नसकिएको कोहलपुर प्रहरीले बताएको छ ।
देउवाको हिन्दु डिपार्चर
मन्त्रीका लागि हेलिकप्टर पुग्ने कर्णालीमा बिरामीलाई अस्पताल छैन : सांसद वासना थापा
ओमानमा बम खसाल्ने ट्रम्पको धम्की
न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो दुर्घटना, हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी
पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश
लुम्बिनीमा चेतनारायणको सत्ता लम्बियो, पाए विश्वासको मत