बित्तीय साक्षरता तथा शैक्षिक सामाग्री वितरण


बित्तीय साक्षरता तथा शैक्षिक सामाग्री वितरण

स्वामीकार्तिक (बाजुरा) ११ चैत्र : विश्वव्यापी मौद्रिक सप्ताह (ग्लोबल मनि वीक, मार्च २१–२७) अन्तरगत बाजुरा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकामा बित्तीय साक्षरता तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।

हिमालयन बैंकले गाउँपालिकाको वडा नम्बर–४ स्थित स्वामीकार्तिक माध्यामिक विद्यालयमा सो बित्तीय साक्षरता तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम शुक्रबार सम्पन्न गरेको हो ।

ग्रामीण क्षेत्रमा बित्तीय सचेतना अभिबृद्धि गर्नका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत देशब्यापी रुपमा यस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आएकोमा स्वामीकार्तिक शाखा कार्यालयले समेत उक्त कार्यक्रम सञ्चालन गरेको बैंकका शाखा प्रबन्धक ध्रुब बहादुर शाहीले जानकारी दिए । जिल्लाका ग्रामीण क्षेत्रहरुमा बित्तीय सचेतना अभिबृद्धि गर्ने कार्यक्रमको प्रमुख उद्देश्य रहेको शाहीले बताए ।

शुक्रबार सम्पन्न कार्यक्रम मुख्यरुपले बिद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीका अबिभाभकहरुको लागि आयोजना गरिएको थियो । कार्यक्रममा बिद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, अभिभावकहरु, शिक्षक शिक्षिकाहरु, स्थानीय व्यवसायीहरु, महिलाहरु, विद्यार्थीहरु लगायत २५० जना भन्दाब बढिको सहभागिता रहेको थियो ।

Kids Festival 2022
kanti aarogya hospital

बिद्यालयका प्रधानाध्यापक शक्तिसिंह कठायतको सभापतित्वमा सम्पन्न कार्यक्रममा बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख सरोेज रेग्मी, स्वामीकार्तिक शाखाका प्रबन्धक ध्रुब बहादुर शाही तथा जगन्नाथ शाखाका प्रबन्धक रेम प्रसाद कँडेलले वित्तीय साक्षरताको बारेमा जानकारी प्रस्तुत गरेका थिए ।

सोही कार्यक्रममा बैंकले कक्षा ११ र १२ मा अध्ययनरत बिद्यार्थीहरुलाई वित्तीय साक्षरता सामग्री सहितको अभ्यास पुस्तिका तथा शैक्षिक सामग्री बितरण गरेको थियो ।