५ वर्षमा ३६ लाख मतदाता बढे, २१ हजार ९५५ वटा मतदाता केन्द्र
नेपालगन्ज १३ चैत्र : निर्वाचन आयोगले मतदाताको अन्तिम नामावली टुङ्गो लगाएको छ । आयोगको बैठकले एक करोड ७७ लाख बढि मतदाताको अन्तिम टुङ्गो लगाएको हो ।
आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाताले मत हाल्नेछन् । जसमध्ये ८९ लाख ९२ हजार १० पुरुष, ८७ लाख ४१ हजार ५३० महिला, र १८३ अन्य छन् ।
निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार सबैभन्दा कम मतदाता मनाङमा रहेका छन् । मनाङमा ६ हजार ४ सय ९६ मतदाता रहेको आयोगले जनाएको छ । त्यस्तै, सबैभन्दा धेरै मोरङमा ७ लाख १५ हजार २२३ जना रहेको छन् ।
आयोगले एक साताअघि मतदाता नामावलीमा दाबी विरोधका लागि समय उपलब्ध गराएको थियो । आयोगले उक्त सूचनापछि सच्चाएर अन्तिम नामावली प्रकाशन गरेको हो ।
५ वर्षमा ३६ लाख मतदाता बढे
पाँच वर्षको अवधिमा ३६ लाख मतदाता बढेका छन् । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा एक करोड ४० लाख ७४ हजार चार सय २४ मतदाता थिए । यो पटक ३६ लाख ५९ हजार दुई सय ९९ सय बढेर १ करोड ७७ लाख पुगेको हो ।
निर्वाचन आयोगका सहायक प्रवक्ता एवम सूचना अधिकारी अर्यालका अनुसार सबै जिल्लाबाट मतदाताको संख्या संकलन गरेर त्यसउपर छलफल, दावी विरोध र सच्याउने अवसर दिएर मतदाताहरुको अन्तिम नामावली तय गरिएको हो ।
२०७४ सालकै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदाता संख्या एक करोड ५४ लाख थियो । प्रदेश र प्रतिनिधिसभाको निर्वाचन २०७४ को मंसिर १० गते र २१ गते भएको थियो ।
२०७४ सालमा प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको आधारमा भने २३ लाख मतदाता बढेका छन् ।
२१ हजार ९५५ वटा मतदाता केन्द्र
निर्वाचन आयोगले स्थानीय तह चुनावमा देशभर २१ हजार ९५५ वटा मतदात केन्द्र तोकिएको छ ।
निर्वाचन आयोगले एक सूचना निकालेर १० हजार ७५६ मतदान स्थलमा २१ हजार ९५५ वटा मतदात केन्द्र रहने जनाएको हो । एउटा मतदान स्थलमा एक भन्दा बढी केन्द्र पनि रहने छन् ।
सबैभन्दा धेरै मधेस प्रदेशमा ४ हजार १८९ मतदान केन्द्र रहने जनाएको छ । यस्तै सवैभन्दा कम कर्णाली प्रदेशमा एक हजार ३८५ वटा मतदान केन्द्र रहने छन् ।
बागमती प्रदेशमा ४ हजार ९५, प्रदेश १ मा ४ हजार ५१, लुम्बिनी प्रदेशमा ३ हजार ८३२, गण्डकी प्रदेशमा २ हजार ३०० र सुदूरपश्चिम प्रदेशमा २ हजार १०३ वटा मतदान केन्द्र रहने आयोगले जनाएको छ ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’