नेपालगन्ज १७ चैत्र : स्थानीय तहको निर्वाचनमा स्वच्छता, निश्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम राख्नका लागि बाँकेका नागरिक समाजको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ ।
पारस्परिक जवाफदेहिता परियोजना अन्र्तगत सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले आज विहीबार गरेको निर्वाचन आचारसंहिता कार्यान्वयनमा नागरिक समाजको भुमिका विषयक छलफलका सहभागिहरुले स्थानीय तहको निर्वाचनमा आचारसंहिताको पुर्ण पालनाका लागि नागरिक दवाव तथा वाचडगको आवश्यकता रहेको औल्याएका थिए ।
कार्यक्रमका सहभागिहरुले कार्यक्षेत्रमा आचारसंहिता उल्लघंनका घटना बढी हुने भएकाले स्थानीयस्तरबाट त्यसको कार्यन्वयनका लागि पहल थाल्नुपर्ने बताएका थिए । कार्यक्रममा राजनितिक दलका उम्मेदवारहरुले चुनावमा गर्ने अत्याधिक खर्च, सम्पत्ती विवरण नबुझाउने, बालबालिकाको प्रयोग बढी गर्ने, उम्मेदवारद्धारा विभिन्न प्रलोभन देखाउने, अनुमती विना पर्चा पम्पलेट तथा व्यानर टास्ने, स्थानजस्ता कार्यका बारेमा छलफल गरिएको थियो ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्ज प्रमुख झंकर रावल, सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष अधिबक्ता विश्वजीत तिवारी, अधिबक्ता दिपकबहादुर सिंह, बालबहादुर चन्द, अधिकारकर्मी प्रकाश उपाध्याय, कृष्णमुरारी प्रसाद भट्ट, बालकुमारी पन्त, शैलेन्द्र बैश्य, इन्सेकका सरस्वती मल्ल, नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाई, पत्रकार राकेश मिश्र लगायतले निर्वाचन आचारसंहिताका बारेमा आ–आफ्नो विचार राख्नु भएको थियो ।
संस्थाका कार्यक्रम व्यवस्थापक रविन्द्र ज्ञवालीले संचालन गरेको कार्यक्रममा अधिकारकर्मी रविन्द्र कर्णले सहजीकरण गरेका थिए ।