राजनीतिक दलको प्राथमिकता भ्यू टावर कि शिक्षा ?


राजनीतिक दलको प्राथमिकता भ्यू टावर कि शिक्षा ?

नेपालगन्ज १७ चैत्र : राजनीतिक दलको प्राथमिकता भ्यू टावर हो कि शिक्षा भनेर शिक्षा क्षेत्रका सरोकारहरुले आज दलका नेतासँग प्रश्न गरेका छन् । शिक्षा पत्रकार समूह र कारखानाले गरेको ‘पत्रकारको दृष्टिमा शिक्षाका मुद्दा’ विषयक अन्र्तक्रियामा उनीहरुले यो प्रश्न गरेका हुन् ।

सरोकारहरुले, भ्यू टावरमा खर्च गर्नुको साटो सार्वजनिक विद्यालय सुधार र गुणस्तरिय शिक्षाको लागि खर्च गर्नुपर्ने बताए । अहिले पनि सार्वजनिक विद्यालयको स्तर दयनिय रहेको भन्दै उनीहरुले शिक्षकले कक्षा कोठामा जाँदा पाठ्यपुस्तकमा मात्र सीमित नभएर अरु थप सृजनशिल र प्रयोगात्मक कक्षामा जोड दिनुपर्ने बताए ।

अहिलेसम्म पनि संघीय शिक्षा ऐन ल्याउन सरकार असफल भएको गुनासो गर्दै उनीहरुले यसले गर्दा शिक्षाको संघीय व्यवस्थापन र सुधार प्रभावित बनेको बताए । नमूना विद्यालय बनाउने होड चलेपनि विद्यालयमा भौतिक पूर्वाधारदेखि लिएर शिक्षक विद्यार्थीको अनुपात समेत नमिलेको उनीहरुको गुनासोे थियो ।

वरिष्ठ पत्रकार राजन शर्माले कार्यक्रममा संघीयतामा शिक्षा नामक कार्यपत्र पेश गर्दै धेरै स्थानीय तहहरु शिक्षा सुधारमा भन्दा अन्य क्षेत्रमै केन्द्रित भएको बताए ।

Kids Festival 2022
kanti aarogya hospital
add

शिक्षा क्षेत्रमामा भएका समस्या उजागर गर्दै शर्माले काम गर्ने शैली पुरानै किसिमको हुँदा शिक्षामा सुधार हुन नसकेको स्पष्ट पारे । कतिपय ठाउँमा शिक्षामा बजेट प्रशस्त मात्रामा छुट्याइएको भएपनि जनशक्तिको कमीले बजेट कार्यान्वन हुन नसकेको उनको धारणो थियो ।

शिक्षा पत्रकार समूहका अध्यक्ष कृष्ण मल्लले शिक्षाका मुद्दाहरु जति पेचिलो तरिकाबाट उठाइनु प¥थ्यो त्यसो हुन नसकेको बताए । अब समूहले, सार्वजनिक शिक्षा सुधारको लागि काम गर्ने र शिक्षा क्षेत्रमा भएका विकृतिहरुलाई एक पछि अर्को गर्दै अगाडि ल्याउने उनले प्रतिबद्धता जनाए ।

कार्यक्रममा कारखानाका कार्यकारी निर्देशक साकार पुडासैनीले, सार्वजनिक विद्यालय सुधारको लागि आफनो पहलकदमी जहिल्यै रहने बताए । शिक्षा क्षेत्रमा समस्याहरु धेरै भएकोेले अब शिक्षा पत्रकारको कलमले समस्या उजागर गर्ने मात्र नभई सुधारका लागि पनि दबाव सृजना गर्नुपर्ने बताए ।

कार्यक्रममा सिकाई समूहका अध्यक्ष सुदर्शन घिमिरे, आजको शिक्षा साप्ताहिकका सम्पादक सुदर्शन घिमिरे, शिक्षा अनुसन्धानकर्ता राजकुमार बराल, वरिष्ठपत्रकार राजन शर्मालगायतले बोलेका थिए । कार्यक्रममा विभिन्न सञ्चार माध्यममा कार्यरत करिव ३० जना शिक्षा पत्रकारको सहभागी रहेको थियो ।