नेपालगन्ज १९ चैत्र : वडाको नेतृत्व सम्हालेसंगै विकास प्रेमी नेताका रुपमा परिचित नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१८का वडा अध्यक्ष दीपक बर्माले एकै पटक ७ वटा सडकको शिलान्यास गरेकाछन् ।
वडाअध्यक्ष बर्माको अग्रसरतामा कार्यकालको अन्तिम समयमा पनि वडा भित्र सडक शिलन्याससंगै विकासका योजना तीब्र गतिमा अघि बढेको छ ।
वडाको भगवतीटोलमा स्थानीय टोलबासीको उपस्थितीमा वडा अध्यक्ष बर्माले एक कार्यक्रमको आयोजना गरि ३० लाख लागतमा आरसीसी नाला सहित पीसीसी सडक निर्माणका लागि शनिबार शिलान्यास गरेका हुन् ।
वडाको विकासको लागि वडा अध्यक्ष बर्माकै पहलमा प्रदेश सरकारबाट ९० लाख बराबरको ७ वटा पीसीसी सडकको बजेट यसै आर्थिक वर्ष साउन महिनामा नै ल्याउन सफल भएका थिए । सोही बजेट उपमहानगरपालिकाबाट ठेक्का भई ७ वडा सडक निर्माणको लागि एकमुष्ट रुपमा शनिबार शिलान्यास गरिएको हो ।
सोही बजेटबाट सुरु गरिएको एउटा पीसीसी सडकको निर्माण सम्पन्न भइ सकेको र अर्को शनिबार शुरु भएको अध्यक्ष बर्माले जानकारी दिए ।
सो बजेटबाट ७ वटा सडक भगवती टोलमा दुइवटा, उज्ज्वलनगर, शिवशक्ती टोल, शिवनगर, नागरिक टोल, विशाल चोक, मोडेल एकेडेमी टोलमा निर्माण कार्य अघि बढेको छ ।
स्थानीय तहको निर्वाचको तिथि नजिकिदै गर्दा राजनीतिक दलहरु तथा स्थानीय तहमा अध्यक्षका आकांक्षीहरु निर्वाचनको गतिबिधिमा सक्रिय हुँदै गर्दा बर्माको नेतृत्वमा रहेका जनप्रतिनिधिको टिम भने वडाकै विकास निर्माण र अधुरो योजना सम्पन्नमा गर्नेतर्फ उन्मुखछ ।
वडा अध्यक्ष बर्माले सो सडक शिलन्यास गर्दै भने–‘वडाको बिकासको लागि आफु प्रतिबद्ध छु, नेतृत्वमा आएदेखि वडाबासीको हरेक सुख–दुःखको साथी बन्न पाएको छु र संधै रहने छु ।’
उनले आफु जनप्रतिनिधि भएर वडामा बाहली भएर आएदेखि वडामा सडक, नाली निर्माण, हाईमास्ट लाईट लगायतका विभिन्न विकास निर्माणका कार्यहरु गरेकाछन् ।