नेपालगन्ज : स्थानीय तहले निर्माण सम्बन्धि कामहरु दिन नमानेपछि निर्माण व्यवसाय धरासायी हुने अवस्थामा पुगेको कार्यक्रमका सहभागीले बताएका छन् ।
बाँके निर्माण व्यवसायी संघको १८औं साधारणसभामा सहभागी निर्माण व्यवसायीले यस्तो बताएका हुन् । उनीहरूले जनप्रतिनिधीले नै स्थानीय तहका निर्माण ठेक्का लिन थालेको आरो लगाउँदै यस्तो कार्य तत्काल रोक्नुपर्ने बताएका छन् । बाँके, बर्दियाका निर्माण व्यवसायीले स्थानीय तहका ठेक्का जनप्रतिनिधीकै कब्जामा रहेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
बाँकेको खजुरा लगायतका स्थानीय तहमा कार्यकर्ता पोस्ने नियतले स्थानीय तहले जथाभावी उपभोक्ता समिति गठन गर्दै ठेक्काको काम दिन थालेको निर्माण व्यवसायीको गुनासो छ । संघको १८औं सभामा महासंघका केन्द्रीय अध्यक्ष रबिन सिंह, बरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे, महासचिव रोशन दाहाल, उपाध्यक्ष टोपबहादुर रायमाझी, प्रदेश पाँचका अध्यक्ष बलिभद्र राना लागयत सहभागी भएका थिए ।
कार्यक्रममा बोल्दै उनीहरूले सानो पुँजी भएका निर्माण व्यवसायी धरासायी बनेको बताएका छन् । उनीहरूले भने ‘स्थानीय तहले टेण्डर निकाल्नै छाडे । जम्मै काम उपभोक्ता समिति मार्फत गरेका छन् । यस्तो अवस्थामा हामी जिल्लाका निर्माण व्यवसायी बिस्तापित हुनुपर्ने अवस्था सिर्जना भएको छ ।’
आफ्नै सांसदहरू तथानाम बोल्छन्, गृहमन्त्रीलाई धौ-धौ
रोल्पाको थबाङमा पहिराे- १० जनाको शव भेटियो, तीनजना अझै वेपत्ता
राज्यको मुद्दा र पार्टी विभाजनको दोसाँधमा नेपाल फर्किए देउवा
प्रवासका नेपाली पत्रकार र व्यवसायीबीच क्यानडामा छलफल
पत्रकार किशाेर श्रेष्ठ पक्राउ
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?