नेपालगन्ज २२ चैत्र : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर– १५ का वडाअध्यक्ष काँग्रेसमा प्रवेश गरेका छन् ।
उक्त वडाका वडाअध्यक्ष वल्लन कवडिया सोमबार एक कार्यक्रमका बीच काँग्रेसमा प्रवेश गरेका हुन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा उनी जनता समाजवादी पार्टीबाट वडाअध्यक्षमा निर्वाचित भएका थिए ।
उनीसहित एक सय ५६ जनालाई कार्यक्रमका प्रमुख अतिथी एवम् काँग्रेस केन्द्रिय सदस्य मैकुलाल बाल्मिकीले प्रवेश गराए ।
सो क्रममा काँग्रेस बाँकेका जिल्ला उपसभापति गोपालप्रसाद अधिकारी, जिल्ला सचिव सुधान्सु कोइराला, क्षेत्र नम्बर– २ का क्षेत्रीय सभापति रमेशकुमार गुप्ता, प्रदेश सभा– २ ‘ख’ का सभापति जितेन्द्र हमाल, नगर सभापति प्रशान्त विष्ट, काँग्रेस नेता बीरेन्द्र शाह लगायत उपस्थित भएका थिए ।
‘घर–घर जाऔं, काँग्रेस जिताऔं’ अभियान अन्तरगत नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर– १५ मा आयोजित कार्यक्रममा प्रवेश गराइएको हो ।
यसैबीच, कोहलपुर नगरपालिका वडा नम्बर–१५ मा लामो समयदेखि नेकपा एमालेमा संगठित सदस्यको रूपमा कृयाशिल राष्ट्रिय युवा संघ बाँकेका सदस्य समेत रहेका लोकप्रिय युवा नेता सन्तराम थारू काँग्रेसमा प्रवेश गरेकाछन् । काँग्रेस क्षेत्र नम्बर –१ का सभापति पोषण केसीले लोकप्रिय युवा नेता थारुलाई बिनाशर्त काँग्रेसमा प्रवेश गरेको बताए ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?