नेपालगन्ज २२ चैत्र : राप्रपा नेपालका अध्यक्ष कमल थापा सहित शीर्ष नेताहरु २४ गते विहिबार नेपालगन्ज आउने भएका छन् ।
राप्रपा नेपाल बाँकेले आयोजना गरेको अगुवा कार्यकता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष थापा सहितका नेताहरु नेपालगन्ज आउने भएका हुन् ।
भेलालाई अध्यक्ष थापा सहित उपाध्यक्ष राजेन्द्र वीर राय, सहमहामन्त्री हिक्मत ढकाल, सहायक महामन्त्री खेमराज गौतम सहितका नेताहरुले सम्बोधन गर्ने राप्रपा नेपालका बाँकेका अध्यक्ष दीपेन्द्र बहादुर सिंहले जानकारी दिएका हुन् ।
भेलामा विभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता राप्रपा नेपालमा प्रवेश गर्ने तथा केन्द्रीय अध्यक्ष थापालाई नेपालगन्ज एयरपोर्ट देखि नेपालगन्ज नगर परिक्रमा गराउने कार्यक्रम रहेको राप्रपा नेपाल बांकेका अध्यक्ष सिंहले बताए ।
लोकतन्त्र, सनातन हिन्दुराष्ट्र, सुशासन र समृद्धिको अभियान सफल पारौँ।राप्रपा नेपाललाई देशको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाऔँ भन्ने मुल नाराका साथ मुलुकमा भ्रष्टाचार, बेथिती बढेको र राष्ट्रियता संकटमा परेकाले त्यसकोविरुद्ध स्थानीय चुनावलाई लक्षित गरी अगुवा कार्यकता भेला गरिएको राप्रपा नेपालका केन्द्रिय सदस्य श्रीधर सुवेदीले बताए ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
सोमबार, कात्तिक २३, २०८३
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी