राष्ट्रपतिद्वारा पाँच अध्यादेश जारी


राष्ट्रपतिद्वारा पाँच अध्यादेश जारी

File Photo

नेपालगन्ज २२ चैत्र : राष्ट्रपति विद्यादेवि भण्डारीले विभिन्न पाँच वटा अध्यादेश जारी गरेकी छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले मङ्गलबार पाँच वटा अध्यादेश जारी गरेकी हुन् । यसमा एसिड सम्बन्धी सहितका विभिन्न पाँच वटा अध्यादेश छ ।

Kanti Aarogya Hospital Nepalgunj

राष्ट्रपति भण्डारीद्वारा जारी अध्यादेशहरु:

१) यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश–२०७८
२) फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश–२०७८
३) सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश–२०७८
४) तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश–२०७८
५) नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरिवेक्षण र समन्वय पहिलो संशोधन अध्यादेश –२०७८