वडाअध्यक्षद्वय जोलाह र गुप्ता राप्रपा नेपालमा प्रवेश
नेपालगन्ज २४ चैत्र : राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टी एमालेसंग तालमेल गरेर चुनावमा जाने बताएका छन् ।
पार्टीले नेपालगन्जमा आयोजना गरेको बृहत् कार्यकर्ता भेला एवं पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष थापाले मुख्यरुपमा नेकपा एमालेसंग सहकार्य गरेर चुनावमा जाने बताएका हुन् ।
एमालेसँग चुनावी तालमेलका लागि कुराकानी भइरहेकाले सहमति भए सूर्यबाट चुनाव लड्ने उनले बताए ।
चुनावी तालमेलको मोडालिटीका बारेमा कुराकानी हुन बाँकी रहेको बताउँदै उनले आफ्नो पार्टी संगठन निर्माणकै चरणमा रहेकाले धेरै ठूलो महत्वाकांक्षा नरहेको स्पष्ट पारे ।
आफूहरूले एमालेसँग ठूलो भाग नखोजेको अध्यक्ष थापाको तर्क छ । ‘हामीले धेरै ठूलो माग गरेका छैनौँ । बाँकेको कुरा गर्ने हो भने नेपालगन्ज उपमहानगरपालिकामा उपमेयर र केही वडाध्यक्ष, कोहलपुर नगरपालिकामा पनि उपमेयर, केही वडाध्यक्षमा हाम्रो रुचि छ,’ अध्यक्ष थापाले अगाडी थपे, गाउँपालिकामा केही वडाध्यक्ष र सदस्यमा आशा गरेका छौं ।’
थापाले राजसंस्था बोकेर हिँड्दा हिन्दूराष्ट्र स्थापनाको मुद्दा नै कमजोर हुन थालेकाले राजसंस्थालाई छाडेको बताए ।
‘सबै दलको स्वीकार्य हुने गरी राजसंस्था पुनःस्थापनाको एजेण्डा बोकेको थिएँ । राजाले भने राजसंस्था पुनःस्थापनाका लागि कुनै सक्रियता देखाएनन्, उल्टै राजाले पटक–पटक पार्टीमा हस्तक्षेप गरे, थापाले भने, ‘राजाले पार्टीमा हस्तक्षेप गरिरहे । राजालाई बोकेर हिँड्दा हिन्दु राष्ट्रको एजेण्डा कमजोर हुने भयो ।’ थापाले माओवादीलाई समेत स्वीकार्य हुने राजसंस्था स्थापना गर्ने विषयमा आफू निरन्तर लागेको स्मरण गरे ।
यसैबीच, पार्टीले आयोजना गरेको कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ५ र ८ का वडा अध्यक्ष राप्रपा नेपालमा प्रवेश गरेकाछन् ।
नेपालगन्जको यी दुवै वडा राप्रपाले जितेको वडा हो । वडा नम्बर –५ का अध्यक्ष कैफुलबरा जोलाह र वडा नम्बर–८ का अध्यक्ष सुरेन्द्र गुप्ता राप्रपा नेपालमा प्रवेश गरेको राप्रपा नेपालका केन्द्रिय सदस्य श्रीधर सुवेदीले जानकारी दिए ।
यी दुवै वडाध्यक्ष र केही युवालार्ई राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टी प्रवेश गराएका थिए ।
राप्रपाका महामन्त्री समेत रहेका नेपालगन्ज उपमहानगरपालिकामा मेयर डाक्टर धवलशम्सेर राणा बाहेक राप्रपाले तीन वटा वडामा चुनाव जितेको थियो । त्यसमध्ये नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–४ का वडाअध्यक्ष मोहम्मद सफिक बेहना मेयर राणाका साथमा रहेकाछन् ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
सोमबार, कात्तिक २३, २०८३
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी