काठमाडौँ २४ चैत्र : प्रेस काउन्सिल नेपालले अनलाइन पत्रकारितालाई व्यवस्थित र जिम्मेवार बनाउन ‘पत्रकार आचारसंहिता अभिमुखीकरण कार्यक्रम’ लाई निरन्तरता दिएको छ । हरेक साताको शुक्रबार गर्ने यस कार्यक्रम अन्तर्गत अनलाइन दर्ताअघि सञ्चालक, सम्पादक र प्रतिनिधिले अनिवार्यरूपमा अभिमुखीकरणमा सहभागी हुनुपर्नेछ ।
आज तेस्रो साता नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष एवं विषय विज्ञ शिव गाउँलेले पत्रकारले गर्न हुने र नहुने बुँदाबारे प्रकाश पार्नुहुँदै आचारसंहिता पत्रकारको मूलमन्त्र भएको बताए । विभिन्न अनलाइन, पत्रपत्रिकामा आएका समाचारका विषयवस्तुबारे उदाहरण दिनुहुँदै उहाँले पत्रकारितामा सानो गल्तीले ठूलो दुर्घटना निम्ताउने भएकाले सजगता अपनाउनु पर्ने बताए ।
पत्रकार आचारसंहिताको पालनाबाट मात्रै स्वच्छ पत्रकारिताको विकास हुने भन्दै आफूले लेखेको समाचारबारे आफैँलाई प्रश्न गरेर प्रकाशित गर्न सकेमा पनि धेरै गल्ती हट्ने बताए । सम्पादकीय स्वतन्त्रता, गोपनीयताको हकको सम्मान, गल्ती सच्चाउन तत्परता, समाचारको स्रोत एवं सामाजिक दायित्वबारे जानकारी दिनुहुँदै अरूको समस्या पनि पत्रकारले आफ्नै समस्या मानेर कलम चलाउनुपर्ने धारणा राखे ।
उनले अभिमुखीकरण कार्यक्रमलाई तीव्र बनाएर काउन्सिलले राम्रो सुरूवात गरेको र यसलाई निरन्तरता दिनुपर्ने सुझाव समेत दिए । काउन्सिलका बोर्ड सदस्य एवं विषय विज्ञ दीपक पाण्डेले काउन्सिलले जारी गरेका विभिन्न निर्देशिकाहरूबारे जानकारी दिएका थिए । बालमैत्री, ज्येष्ठ नागरिकमैत्री, अपाङ्गतामैत्री तथा महिला उत्तरदायी सञ्चार निर्देशिकाहरूको कसरी व्यवहारमा कार्यान्वयन गर्न सकिन्छ भन्ने विषयमा उनको प्रस्तुति थियो ।
काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले काउन्सिलले नयाँ अनलाइन सूचीकरण हुँदा अनिवार्य आचारसंहिता अभिमुखीकरणमा सामेल हुनुपर्ने अभ्यासले सचेतना बढ्ने विश्वास व्यक्त गरे ।
उनले काउन्सिलले आचारसंहिता र विभिन्न निर्देशिकाबारे जागरण ल्याउन विज्ञहरूको रोष्टर बनाइ अभिमुखीकरणलाई निरन्तरता दिइएको बताए । प्रेस स्वतन्त्रता र उत्तरदायी पत्रकारिता एकै सिक्काका दुई पाटा भएको भन्दै उनले अभिमुखीकरणलाई निरन्तरता दिने बताए ।
सहभागीमध्ये आवश्यक प्रक्रिया पुगेका अनलाइन सञ्चार माध्यमलाई प्रमाणपत्र र आचारसंहिता उल्लेखित फ्लेक्स वितरण गरिएको थियो । कार्यक्रममा मुख्य अधिकृत झविन्द्र भुसाल, उपप्रशासकीय अधिकृत रामशरण बोहरालगायत विभिन्न नयाँ अनलाइन सञ्चार माध्यमका भौतिकरूपमा ३० र जुममार्फत विभिन्न जिल्लाका १९ जनाको सहभागिता रहेको थियो ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
सोमबार, कात्तिक २३, २०८३
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी