नेपालगन्ज २५ चैत्र : सिख समुदायको ३२३ औं खालसा साजना दिवस तथा बैशाखी पर्वलाई नेपालगन्जमा विविध कार्यक्रमको आयोजना गरेर भव्य रुपमा मनाइने भएको छ ।
नेपालगन्जको सुर्खेतरोडस्थित गुरुद्धारामा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेर ३२३ औं खालसा साजना दिवस तथा २०७९ सालको बैशाखी पर्वलाई भव्य रुपमा मनाइने जानकारी गराईएको हो ।
कोरोना भाईरसको महामारीका कारण तीन वर्षसम्म मनाउन नपाएको दिवस आगामी बैशाख १, २ र ३ गते भव्य रुपमा मनाईन लागेको गुरुद्धारा श्री गुरुनानक सिंह सभा नेपालगन्जका अध्यक्ष राजेन्द्र सिंह सरदारले जानकारी दिए ।
गुरुनानक देव सेवा सोसाइटी इन्टरनेसनल युएसएको आयोजनामा तीन दिनसम्म विविध कार्यक्रमको आयोजना गरेर खालसा साजना दिवस र बैशाखी पर्वलाई भव्य रुपमा मनाउने तयारी भैरहेको सरदारले बताए ।
खालसा साजना दिवस तथा बैशाखी पर्व आयोजक संस्था गुरुनानक देव सेवा सोसाइटी इन्टरनेसनल युएसएका प्रतिनिधि दलजित सिंह सरदारले खाल्साको अर्थ बारे प्रष्ट पारेका थिए ।
सिख समुदायको धर्म उत्पती भएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको जानकारी दिँदै उनले भने –‘खाल्साले सबै शिखहरुलाई पाँच निसानी दिएको छ त्यो हामीले जन्मेदेखि लगाउँदै आएका छौं ।’ हातमा लगाएको कडा, टाउकोमा पगरी भित्र कंगी, कम्मरमा सानो चक्कु, एउटा भित्री बस्त्र र दाह्री कहिल्यै नकाट्ने खाल्साको पाँच निसानी रहेको उनले प्रष्ट पारे । यो निसानी सिख समुदायका सबैले लगाउने गरेको उनले बताए ।
सो अवसरमा गुरुद्धारा श्री गुरुनानक सिंह सभा नेपालगन्जका सचिव अमरजित सिंह सरदार, कोषाध्यक्ष जोगिन्दर सिंह सरदार, कानूनी सल्लाहकार तथा प्रवक्ता सुरेन्द्रसिंह सरदार एवं सदस्यहरु चरनजित सिंह सरदार र हरप्रित सिंह सरदारले पनि खालसा साजना दिवस र बैशाखी पर्वको ईतिहास र महत्वका बारेमा प्रकाश पारेका थिए ।
कार्यक्रम अनुसार बैशाख १ गतेदेखि ३ गते विहानसम्म गुरुद्धारामा अखण्ड पाठको आयोजना गरिने छ । सो अवधी भर ‘लंगर’ र भण्डाराको समेत व्यवस्थापन गरिनेछ । बैशाख ३ गते ११ बजेदेखि विभिन्न झाँकसिहितको शोभा यात्राले नगर परिक्रमा गर्नेछ ।
सो यात्रामा भारतबाट आएका युवाले लठ्ठी, तलवारसहितको मार्शल आर्ट(गतका) देखाउने श्री गुरुनानक सिंह सभा नेपालगन्जका अध्यक्ष राजेन्द्र सिंह सरदारले जानकारी दिए । नेपालमै सबैभन्दा धेरै संख्यामा शिख समुदाय बाँकेमा बसोबास गर्दछन् ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’