भवन निर्माण गर्न धार्मिक महोत्सव शुरु


भवन निर्माण गर्न धार्मिक महोत्सव शुरु

नेपालगन्ज २७ चैत्र : नीलसागरको निमार्णाधीन कैलाश भवन निर्माणका लागि आजबाट महामहोत्सव शुरु गरिएकोछ । नेपालगन्जमा रहेको नीलसागर सेवाश्रमले आजदेखि धार्मिक महामहोत्सव आयोजना गरेको हो ।

नेपालगन्जमा रहेको रामलिला मैदानमा महोत्सव शुरु भएको छ । महोत्सवको पूर्वसन्ध्यामा कलश यात्राको आयोजना गरिएको छ । रामलिला मैदानबाट शुरु भएको कलश यात्रा वीपी चोक हुँदै धम्बोझी चोक, सेतुविक चोक, न्यूरोड हुँदै पुनः रामलिला मैदाम पुगेको थियो ।

कलस यात्रामा विद्यालय, प्रहरीलगायत विभिन्न संघ–संस्था र नेपालगन्जवासीको उपस्थिति रहेको थियो । महोत्सव बैशाख ४ गतेसम्म सञ्चालन हुनेछ ।

तीन वर्षअघि देखि नेपालगन्जमा निर्माण गर्न शुरु गरिएको नीलसागरको कैलाश भवन निर्माणमा बजेट अभाव भएका कारण महोत्सव आयोजना गर्न लागिएको सरिता नीलसागरले बताएकी छिन् ।

Kanti Aarogya Hospital Nepalgunj

नीलसागरले महोत्सव अवधिको प्रत्येक दिन ७ बजेदेखि पूजापाठ, यज्ञ प्रारम्भ गर्नेछ । त्यस्तै महोत्सवमा प्रत्येक दिन बिहान १० बजेदेखि राष्ट्रिय कलाकारबाट संगितमय कथा प्रवचन तथा विशेष झाँकी र प्रत्येक दिन रात्री ७ बजेदेखि १० बजेसम्म कलाकारद्वारा किर्तन, भजन कथा वाचन, झाँकी प्रस्तुत गरिने छ ।