नेपालगन्ज २७ चैत्र : नीलसागरको निमार्णाधीन कैलाश भवन निर्माणका लागि आजबाट महामहोत्सव शुरु गरिएकोछ । नेपालगन्जमा रहेको नीलसागर सेवाश्रमले आजदेखि धार्मिक महामहोत्सव आयोजना गरेको हो ।
नेपालगन्जमा रहेको रामलिला मैदानमा महोत्सव शुरु भएको छ । महोत्सवको पूर्वसन्ध्यामा कलश यात्राको आयोजना गरिएको छ । रामलिला मैदानबाट शुरु भएको कलश यात्रा वीपी चोक हुँदै धम्बोझी चोक, सेतुविक चोक, न्यूरोड हुँदै पुनः रामलिला मैदाम पुगेको थियो ।
कलस यात्रामा विद्यालय, प्रहरीलगायत विभिन्न संघ–संस्था र नेपालगन्जवासीको उपस्थिति रहेको थियो । महोत्सव बैशाख ४ गतेसम्म सञ्चालन हुनेछ ।
तीन वर्षअघि देखि नेपालगन्जमा निर्माण गर्न शुरु गरिएको नीलसागरको कैलाश भवन निर्माणमा बजेट अभाव भएका कारण महोत्सव आयोजना गर्न लागिएको सरिता नीलसागरले बताएकी छिन् ।
नीलसागरले महोत्सव अवधिको प्रत्येक दिन ७ बजेदेखि पूजापाठ, यज्ञ प्रारम्भ गर्नेछ । त्यस्तै महोत्सवमा प्रत्येक दिन बिहान १० बजेदेखि राष्ट्रिय कलाकारबाट संगितमय कथा प्रवचन तथा विशेष झाँकी र प्रत्येक दिन रात्री ७ बजेदेखि १० बजेसम्म कलाकारद्वारा किर्तन, भजन कथा वाचन, झाँकी प्रस्तुत गरिने छ ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’