‘निरक्षर भएको फाइदा उठाउँदै जसपाले जबरजस्ती पार्टीमा प्रवेश गरायो’


‘निरक्षर भएको फाइदा उठाउँदै जसपाले जबरजस्ती पार्टीमा प्रवेश गरायो’

नेपालगन्ज २८ चैत्र : बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर– १ उचवा सन्तलियाका मोहम्मद रफी शेष र अकिल शेषले जबर्जस्ती पार्टी प्रवेश गराएको भन्दै आफूहरु नेपाली काँग्रेसमै रहेको स्पष्ट पारेका छन् ।

आज एक विज्ञप्ती जारी गरेर दुबै जनाले जनता समाजवादी पार्टीले गलत नियतका साथ आफूहरु निरक्षर भएको फाइदा उठाउँदै पार्टी प्रवेश गराएको स्पष्ट पारेका हुन् ।

चैत २६ गते शनिबार स्थानीय मदरसामा आयोजित एक कार्यक्रममा आफूहरुलाई झुक्याएर पार्टी प्रवेश गराएको उनीहरुको आरोप छ ।

‘काम गर्ने क्रममा यही मिति २०७८ चैत २६ गते शनिवारका दिन जनता समाजवादी पार्टीका केन्द्रीय स्तरका नेताले आर्थिक प्रलोभनमा पारी ललाईफकाई हाम्रो धार्मिक स्थल मदरसामा लिई गलत नियतले हाम्रो चरित्र हत्या गर्न पार्टीको सदस्यता दिई पार्टी प्रवेश गराएकोप्रति हाम्रो ध्यानाकृष्ट भएको छ,’ विज्ञप्तीमा भनिएको छ । दुबै जनाले आफूहरु विगतदेखि नै काँग्रेसमै रहेको र निरन्तर काँग्रेसमै रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

रफी बाँके क्षेत्र नम्बर–२ ‘क’ बाट काँग्रेसको लुम्बिनी प्रदेश प्रतिनिधि हुन् भने अकिल साधारण सदस्य हुन् । उनीहरु दाजुभाई हुन् ।