नेपालगन्ज २९ चैत्र : नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम् पूर्व मन्त्री दीपक गिरीले स्थानीय आवश्यकता र औचित्यको आधारमा चुनावी तालमेल गर्ने भन्ने पार्टीको निर्णय अनुसार नै अघि बढ्नुपर्ने बताएका छन् ।
नेपाली काँग्रेसद्वारा देशब्यापीरुपमा आयोजित स्थानीय चुनाव लक्षित एक महिने ‘घर–घर जाऔं– काँग्रेस जिताऔं’ अभियानको आज बाँकेमा समापन गर्दै गिरीले स्थानीय अवस्था र आवश्यकतालाई मूल्यांकन गरेर चुनावी गठबन्धन गर्ने पार्टीको आधिकारिक निर्णय अनुसार नै अघि बढ्नुपर्ने बताए ।
केन्द्रिय प्रतिनिधिका रुपमा बाँके खटिएका गिरीले सत्ता साझेदार अन्य दललाई सम्मानजनक स्थान दिएपनि काँग्रेस बलियो भएको ठाउँमा अरुलाई छोड्न नसकिने बताए । उनले झिनामसिना कुरामा अल्झेर नबस्न आग्रह गर्दै एकता कायम गरेर अघि बढ्न नेता कार्यकर्तालाई आह्वान गरे ।
अर्का केन्द्रिय सदस्य एवम् पूर्व मन्त्री सञ्जय गौतमले स्थानीय तहका उम्मेदवार टुंग्याउने जिम्मा पार्टी विधान अनुसार नै दिनुपर्ने बताउँदै तालमेलको व्यवस्थापन स्थानीय तहबाटै हुनुपर्नेमा जोड दिए । गौतमले केन्द्रिय कार्यसमितिले गरेको निर्णय कार्यान्वयन हुने अवस्था बने आम कार्यकर्ताको भावनाको सम्मान हुने बताए । उनले पार्टीले तल्लो तहका कार्यकर्ताहरुको भावनाको सम्मान गर्नुपर्नेमा जोड दिए ।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै अन्य बक्ताहरुले स्थानीय अवस्थालाई मध्यनजर गर्दै तालमेलको निर्णय गर्ने अधिकार सम्बन्धित तल्ला कमिटीलाई नदिए चुनावी गठबन्धन जोखिमपूर्ण हुने बताए ।
कार्यक्रममा बाँके काँग्रेस सभापति नारायण प्रसाद गौडेल, राष्ट्रिय सभा सदस्य एवम् पूर्व पार्टी सभापति युवराज शर्मा, पूर्व सभापतिहरु किरण कोइराला, गजेन्द्र हमाल, कृष्णमान श्रेष्ठ, प्रदेश प्रतिनिधिद्वय पुष्पलाल श्रेष्ठ र पुष्पा श्रेष्ठ, संविधानसभा सदस्य अब्दुल हमिद सिद्धिकी (भोला), महासमिति सदस्य फुलाराम थारु, क्षेत्र नम्बर–१ का क्षेत्रीय सभापति पोषण केसी, क्षेत्र नम्बर–२ का सभापति रमेश कुमार गुप्ता, क्षेत्र नम्बर– ३ का सभापति नक्की खाँ, क्षेत्र नम्बर– १ का निवर्तमान सभापति माधवराम खत्री, महाधिवेशन प्रतिनिधि सुदीपनरसिंह राणा, प्रदेश २ (क) का सभापति ज्ञानेन्द्र कुमार चौधरी, ३ (ख) का सभापति राजेन्द्र आचार्य, नेपालगन्ज नगर सभापति प्रशान्त विष्ट, राप्तीसोनारी सभापति भिम बहादुर राना क्षेत्री र नेविसंघका अध्यक्ष पूर्ण आचार्यले बोलेका थिए ।
समापन कार्यक्रम सभापति गौडेलको सभापतित्वमा सम्पन्न भएको थियो । उपसभापति कृष्ण बहादुर कार्कीले स्वागत मन्तब्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव सञ्जु कुमारी थारुले गरेकी थिइन् । कार्यक्रममा नेपालगन्जका सन्तोष गुप्ता र सोनाली गुप्तालाई केन्द्रिय सदस्य गिरीले पार्टी प्रवेश गराएका थिए ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
सोमबार, कात्तिक २३, २०८३
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी