नेपालगन्ज २९ चैत्र : बास नेपालको आयोजनामा जैबिक चौतारी कार्यक्रम समपन्न भएकोछ । डिभिजन वन कार्यालयको सहयोगमा बासले डुडुवा गाउँपालिकाको कम्दिमा उक्त कार्याक्रम सम्पन्न गरेको हो । कार्यक्रममा जैबिक बिबिधता, सवाल, वन संरक्षण र चुनौतीहरुको बारेमा व्यापक छलफल भएको थियो ।
बासका कार्यकारी निर्देशक नमस्कार शाहले सहजिकरण गरेको कार्यक्रममा डिभिजन वन कार्यालय बाँकेका सहायक वन अधिकृत गणेश बहादुर खड्काले वन संरक्षणका सवालमा नेपाल बिश्वमै अगाडी रहेको उल्लेख गर्दै वन संरक्षणका सवालमा स्थानीयहरुको अग्रसरता महत्वपूर्ण रहेको बताए ।
कार्यक्रममा बोल्दै सामुदायिक वन समन्वय समिति कम्दिका अध्यक्ष लबराज खरेलले सामुदायिक वनहरुमा चोरी तस्करी, शिकारी व्यापक रुपमा हुने गरेको, वन हेरालुहरु जोखिममा रहेको, आगलागीका घटनाहरु बढेर गएको बताएका थिए । कार्यक्रममा ईलम परियोजनाकी लक्ष्मी चौधरीले परियोजना बारे जानकारी गराएकी थिईन् ।
कार्यक्रममा पशुपतिनाथ सामुदायिक वन उपभोक्ता समूह तथा स्थानीय वन महासंघका अध्यक्ष बेल बहादुर बोहरा, छग्रहवा सामुदायिक वन उपभोक्ता समूह डुडुवा–५ का अध्यक्ष भिम बहादुर चन्द, बागेश्वरी सामुदायिक वन उपभोक्ता समूह कोहलपुर–७ का अध्यक्ष जंगलि थारु, राप्ती तटिय बहुउद्देशीय सहकारी संस्थाका अध्यक्ष खेम बहादुर बुढाथोकी, पूर्णिमा महिला सामुदायिक वन उपभोक्ता समूहकी अध्यक्ष तिल कुमारी क्षेत्री, समाज एकता सामुदायिक वन उपभोक्ता समूह वडा नम्वर– ५ का अध्यक्ष ईन्द्र बहादुर बुढाथोकी लगायतले वनसँग बिभिन्न सवालहरु उठान गरेका थिए ।
डिभिजन वन कार्यालयसँग सम्बन्धित सवालहरुको जवाफ डिभिजन वन कार्यालयका सहायक वन अधिकृत गणेश बहादुर खड्काले दिएका थिए ।
कार्यक्रमको अन्तमा वनका बिबिध सवालमा निष्कर्ष निकालिएको थियो । कार्यक्रमको अन्तमा रैथाने प्रजातीका बिरुवाहरु मात्र सामुदायिक वनमा बृक्षारोपण गर्ने, संयुक्त चोरी निकाशी नियन्त्रण कार्यदललाई सक्रिय पार्ने, सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरुका लागि क्षमता अभिबृद्धि तालिम सञ्चालन गर्ने, वन क्षेत्रलाई प्रबिधिमैत्री बनाउनका लागि पहल गर्ने प्रतिबता जारी गरिएको थियो ।