कोहलपुर मेयरमा एमालेबाट बलिया दाबेदार गोपाल गिरी, पञ्चायतकालमा जो ५ पटक पक्राउ परेका थिए


कोहलपुर मेयरमा एमालेबाट बलिया दाबेदार गोपाल गिरी, पञ्चायतकालमा जो ५ पटक पक्राउ परेका थिए

नेपालगन्ज ३० चैत्र : बाँकेको कोहलपुर न्यूरोडका बासिन्दा गोपाल गिरी २०३५ सालदेखि निरन्तर राजनीतिमा सक्रिय छन् । बिद्यार्थी, युवा, पिपुल्स भोलिन्टियर हुँदै एमालेको वडा, गाउँपालिका, ईलाका, जिल्ला र प्रदेश कमिटिको सदस्यको रुपमा बिभिन्न जिम्मेवारी निर्वाह गर्दै आएका गोपाल गिरी मिलनसार र सहयोगी भावना भएका नेता हुन् ।

पञ्चायती ब्यवस्था बिरुद्ध लागेको अभियोगमा गिरी ५ पटक पक्राउ परेका थिए । राजबन्दीको रुपमा गिरी ४२ दिन बर्दियामा जेलमा बसेका थिए ।

२०५० सालदेखि बाँकेको कोहलपुरमा बस्दै आएका गिरीले कोहलपुरमा वडा सचिव, गाबिस कमिटीको सचिब, कोहलपुर ईलााका कमिटिको सचिवको रुपमा कोहलपुर, रझेना हुँदै बाँकेको क्षेत्र नम्बर–१ मा एमालेका उम्मेदवार जिताउने अभियानका सक्रिय हुँदै आएका छन् ।

गिरी नेपालगन्जमा सम्पन्न नेकपा एमाले छैटौं महाधिवेशनमा स्वयम्सेवकको रुपमा सक्रिय भएका थिए । गिरीले पार्टीको जिल्ला संगठन विभाग सदस्य, सचिव र जिल्ला सचिवालय सदस्य भएर काम गरि सकेका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

गिरी पार्टीले सञ्चालन गरेका बिभिन्न आन्दोलन र राजनीतिक सागठानिक अभियानमा अग्रपंत्तीमा खटिदै आएका छन् । २०६२ ÷०६३को जन आन्दोलनमो कोहलपुर क्षेत्रमा आन्दोलनकारी सात दलको तर्फबाट स्वयम्सेवकको संयोजक भई काम गरेका थिए ।

गिरी एमालेको जनकपुरमा सम्पन्न एमाले सातौं महाधिवेशनमा प्रतिनिधीको रुपमा सहभागी भएका थिए । नेकपा एमाले बाँके २०६६ सालमा सम्पन्न छैठौं जिल्ला अधिवेशनबाट सर्वसम्मत जिल्ला सचिव चयन भई सक्रियतापूर्वक पार्टीको जिम्मेवारी निर्वाह गरेका थिए । पार्टीका बिभिन्न तहको जिम्मेबारी बहन गर्ने क्रममा गिरी अहिले लुम्बिनी प्रदेश कमिटिको सदस्य छन् ।

४२ वर्षदेखि निरन्तर माले हुँदै एमाले मै क्रियाशील गिरी कार्यकर्ताहरुबिच ईमान्दार र निष्ठावान नेताको रुपमा परिचित छन् । मिलनसार र भद्र स्वभाव भएका गिरी एमाले पार्टीमा मात्रै नभएर बिपक्षी पार्टीका नेता र कार्यकर्ताहरुकाबिच पनि लोकप्रिय छन् । क्याम्पस, बिकास बैँक लगायत बिभिन्न संघ संस्थाहरुमा सञ्चालक समितिको सदस्य भएर काम गरेको अनुभब छ ।

अधिवक्ता समेत रहेका ५८ वर्षिय गिरीसंग भूमि सम्बन्धी समस्या समाधान आयोगको सदस्यको रुपमा काम गरेको अनुभव पनि छ ।

मेयर पदका दाबेदार गिरीका योजना

कोहलपुर नगरपालिकालाई पश्चिम नेपालको प्रमुख ब्यापारिक केन्द्रको रुपमा बिकास गर्ने उनको लक्ष्य छ ।

शिक्षा र स्वास्थ्य क्षेत्रलाई थप प्रभावकारी बनाउँदै गरिब र बिपन्न जनतालाई गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा उपलब्ध गराउने । सबै बालबालिकालाई शिक्षाको अबसर प्रदान गर्नका लागि बिज्ञहरुको सुझाब आधारमा उपयुक्त मापदण्ड निर्धारण गरी छात्राबृत्ति, साइकल , पोशाक, साइकल, पाठ्यसामाग्री लगायत बिभिन्न अभियान सञ्चालन गर्ने ।

नगरपालिकाले आफ्नै लगानीका प्राबिधिक शिक्षालय स्थापना गरी युवाहरुलाई सिप मुलक तालिम प्रदान गरी स्वरोजगार र दक्ष बनाउने ।

आवश्यकता र प्राथमिकताका आधारमा नगरपालिका सबै क्षेत्रमा सडक नाला लगायत पुर्बाधार बिकासका योजनाहरु संचालन गर्ने । बसपार्क र ब्यबस्थित बनाउने, सडक दुर्घटनालाई कम गर्न बिज्ञहरुको सुझाबका आधारमा योजनाबद्धरुपमा कार्यक्रमहरु सञ्चालन गर्ने ।

ब्यवस्थित तथा योजनाबद्ध शहरीकरणको अवधारणा अनुसार कोहलपुरलाई बिकास गर्दै अगाडि बढाउने । युवाहरुको चाहाना अनुरुप खेलकुदका पुर्बाधार निर्माण र खेलगतिबिधिहरु सञ्चालन गर्ने ।
बेरोजगार युवायुवतीहरुलाई विभिन्न किसिमका तालिमको ब्यवस्था गरी स्वरोजगार बनाउने उनको लक्ष्य छ ।