सासंद ईस्तियाक राईको दश हजार विरुवा खोई ?

उनले समन्वयविना विरुवा लगाएका थिए, ती विरुवा सुकेर मरे


सासंद ईस्तियाक राईको दश हजार विरुवा खोई ?

नेपालगन्ज उपमहानगरपालिकाले रोपेको हरियाली विरुवा र बीचमा देखिएको सांसद इस्तियाक राइले रोपेको सुकेको विरुवा । तस्विरः सेतोखरी

नेपालगन्ज २ वैशाख : संघीय सांसद मोहम्मद इस्तियाक राईले तीन वर्ष नेपालगन्जमा दश हजार विरुवा रोप्ने उद्घोष गरे । त्यसको कार्यान्वयन भन्दै २०७६ साउन २६ गते जमुनाहा आसपासमा केही रुख (विरुवा) रोपे । त्यो पनि नेपालगन्ज उपमहानगरपालिकाले रोपेको रुखको विचविचमा खोपेर ।

नेपालगन्ज उपमहानगरपालिकाले भन्यो –‘राईले हामीसंग कुनै समन्वय नगरी जहाँ मन लाग्यो त्यही विरुवा लगाइदिनु भयो । सांसद राईले उपमहानगरपालिकासंग समन्वय नै नगरी जथाभावि तरिकाले विरुवा लगाइदिएको भन्दै असन्तुष्टि प्रकट ग¥यो ।’

राईले लगाएको भनेका विरुवा अधिकांश मरिहाले । नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवल शम्शेर राणाले भने ‘विरुवा लगाउनु ठूलो कुरा होइन, बचाउनु ठूलो कुरा हो ।’

त्यो बेला जमुनाहास्थित सडकको ग्रीनबेल्टमा विरुवा लगाउँदै दश हजार विरुवा रोप्ने अभियानको उनले उद्घाटन गरे । त्यो दिन विभिन्न ठाउँमा गरेर एक सय ४५ वटाजति रुख रोपिएको थियो ।

Kids Festival 2022
kanti aarogya hospital
add

स्रोतका अनुसार कुनै एउटा दातृ निकायमा फ्रिज हुन लागेको बजेट ल्याएर सांसद राईले विरुवा लगाउँदै ‘राजनीतिक मार्केटिङ’ गरेका थिए ।

बजेटको म्याद सकिन थालेपछि विना योजना र विना समन्वय राईले अन्दाधुन्द तामझाम देखाउँदै नगरपालिकाले विरुवा लगाएको छेउमै वृक्षारोपण गरेका थिए ।

उपमहानगरपालिकाले त्यतीबेलै भनिसकेको थियो ‘राईले लगाएका यी विरुवा बाँच्दैनन् ।’ नभन्दै केही महिनाभित्रै राईले लगाएका विरुवाहरु मर्न शुरु गरे । अहिले पनि हेर्ने हो भने अक्कलझुकक्ल बाहे राईले त्यो बेला लगाएको विरुवाहरु सबै मरिसकेकाछन् ।

नेपालगन्ज निवासी पूर्व शहरी विकास मन्त्री समेत रहेका राईले दुई महिनाभित्र शहरमा दश हजार रुख रोप्ने घोषणा गरेको तीन वर्ष वित्यो । तर, नेपालगन्जबासी मात्र नभएर कुन ठाउँमा कति विरुवा रोपे भन्ने स्वयम इस्तियाकलाई समेत जानकारी छैन ।

नेपालको सबैभन्दा बढी गर्मी हुने नेपालगन्जमा दश हजार विरुवा रोप्ने अभियानले शहरलाई हरियाली बनाउने र पर्यावरणलाई सहयोग पु¥याउनु सकारात्मक कार्य नै हो तर, दश हजार विरुवा कहाँ लगाउने राईसंग कुनै योजना छैन । उपमहानगरले भन्यो – ‘सबै ठाँउमा उपमहानगरले विरुवा लगाइसकेकोछ । सांसद राईले दश हजार विरुवा कहाँ गएर लगाउनुहुन्छ ? हामीलाई त कुनै जानकारी नै छैन ।’

कम समयमा सस्तो लोकप्रियता कमाउन तल्लिन सांसद राइले तीन वर्षपछि फेरि वृक्षारोपण गरे । जेसीआई नेपालगन्ज लगायतका संघसंस्थाले विहिबार नेपालगन्जको हडियाबाबाको प्रांगणमा आयोजना गरेको नयाँ वर्षको शुभकामना आदानप्रदानपछि बृक्षारोपण गरे ।

सासंद राईले दश हजार विरुवा रोप्ने कार्य सम्पन्न भएको सेतोखरीलाई जानकारी दिए । उपमहानगरपालिकामा १० हजार विरुवा रोप्ने उद्घोष गरेका सांसद राईले सेतोखरीसंग कुरा गर्दै भने–‘उपमहानगरपालिकासंगै जिल्लाका विभिन्न गाउँपालिका, विद्यालय, मदरसा, मस्जिद, मन्दिरमा वृक्षारोपण गर्ने कार्य सम्पन्न भयो ।’

‘उपमहानगरपालिकामा वृक्षारोपणका लागि समन्वय गरियो दुभाग्र्य उपमहानगरपालिकाले समन्वय गरेन’ सासंद राईले अगाडी थपे–‘वृक्षारोपण अभियान अन्तर्गत रोपिएका सतप्रतिशत विरुवा जिवित छ म भन्दिन, ५० प्रतिशत बढि विरुवा जिवित छ ।’
यता नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगरले हामीले देखाएको ठाँउमा नरोपि उपमहानगरपालिकाले रोपेको ठाउँमा सांसद राईले विरुवा लगेर रोपिदिएको गुनासो गरिन् ।

सांसद राईले विरुवा रोप्न ठाँउ मागेपछि हामीहरुले ठाँउ उपलब्ध गराएको उनले बताइन् ।

‘त्यतीबेला मेयरसापको उपस्थितीमा जमुनाहमा वृक्षारोपणको उद्घाटन गरिएको थियो । वृक्षारोपणका लागि ठाँउ मागेपछि राँझातर्फको जग्गा उपमहानगरपालिकाले उपलब्ध गरायो तर, उहाँ(इस्तियाक)ले मान्नु भएन’ उपमेयर उमाले अगाडी थपिन्–‘हामीले उपलब्ध गराएको ठाउँमा उहाँले वृक्षारोपण नगर्ने र उपमहानगरपालिकाले पहिलेनै वृक्षारोपण गरिसकेको स्थान(जमुनाह)मा क्षेमा उहाँले वृक्षारोपण गर्नुभयो ।’

‘उहाँले वृक्षारोपण गर्नका लागि ठाँउ चाहियो भन्ने विषयमा समन्वय भएको हो, यद्यपी यो विषयमा मेयरसापसंगै उहाँको कुरा भएकोले लिखितरुपमा भए नभएको थाहा छैन ।’ उपमेयर उमाले सेतोखरीसंग कुरा गर्दै अगाडी थपिन्–‘त्यतिबेला (वृक्षारोपाण उद्घाटन) २–४ वटा विरुवा रोपेको थाहा पाएको हो । उहाँ(इस्तियाक)ले उपमहानगरपालिकामा कुन–कुन ठाउँमा कति विरुवा रोप्नु भयो यसको आधिकारिक जानकारी हामीलाई थाहा छैन । त्यसैले कति विरुवा बाँचे कति मरे यी लगायतका जानकारी हामीलाई छैन ।’