स्थानीय अवस्था र आवश्यकता अनुसार काँग्रेसले चुनावी तालमेल गर्ने
नेपालगन्ज ४ बैशाख : नेपाली काँग्रेस बाँकेले चुनावी तालमेलको निर्णय गर्ने अधिकार मातहतका निकायलाई दिएकोछ । काँग्रेस बाँकेले स्थानीय अवस्था र आवश्यकता अनुसार चुनावी तालमेलको निर्णय गर्ने अधिकार मातहतका निकायलाई दिने निर्णय गरेको हो ।
नेपाली काँग्रेस, माओबादी केन्द्र, नेकपा एकीकृत समाजबादी, जनमोर्चा बीचमा जिल्लास्तरमा सहमती हुन नसकेपछि तल्लो कमिटिलाई अधिकार दिइएको हो । सरकारमा समाले जनता समाजबादी पार्टी (जसपा) शुरुवाती बैठकबाटै गठबन्धन नगर्ने गरि अघि बढेकोछ ।
काँग्रेसले माओबादीलाई खजुरा गाँउपालिका दिन तयार छ । तर, माओबादीले खजुराका साथै नेपालगन्ज, कोहपलुर र राप्तीसोनारी मध्ये एक पालिकामा प्रमुख मागेपछि कुरा नमिलेको हो । काँग्रेसले यी पालिकामा माओबादीलाई उपाध्यक्ष दिन तयार छ ।
केन्द्रिय सर्कुलर अनुसार २०७४ सालमा जितेको पालिका पार्टीलाई दिने र अन्य पार्टीले जितेको ठाउँमा मतभारका आधारमा निकटतमलाई दिने थियो । यस अनुसार बाँकेमा सत्ता गठबन्धन दलबीच कुरा मिल्न सकेन ।
काँग्रेसले आफूले जितेको राप्तीसोनारीमा समेत माओबादीलाई अपाध्यक्ष दिने लचक भएपनि कोहलपुर नगरपालिकामा माओबादीले जोड गरेको थियो ।
काँग्रेस बाँकेको पदाधिकारीको शनिबार बसेको बैठकले आफ्ना मातहतका निकायलाई स्थानीय अवस्था र आवश्यकता हेरेर निर्णय लिन निर्देशन दिएको पार्टी प्रबक्ता डिल्ली गिरीले जानकारी दिए ।
नेपाली काँग्रेस केन्द्रको परिपत्र र सत्ता गठबन्धनको निर्णय अनुरुप बाँकेमा जिल्लास्तरीय गठबन्धन दलको बैठक निरन्तर बसेको थियो ।
सभापति नारायण प्रसाद गौडेलले गत चैत्र २० गतेदेखि बैशाख २ गतेसम्म निरन्तर बसेको सत्ता गठबन्धनको बैठकमा तालमेलबारे बृहतरुपमा छलफल गरेर गठबन्धनभित्रका पार्टीहरु स्थानीय अवस्था र आवश्यकताका आधारमा आपसी तालमेल गरेर निर्वाचनमा जाने र तालमेल गरेर जाँदा मित्रवत व्यवहार गर्ने सर्वसम्मत निर्णय गरेको बताए ।
सोही निर्णय अनुसार पार्टीको पदाधिकारी बैठकले मातहतका निकायलाई निर्देशन दिएको प्रबक्ता गिरीले बताए । ‘पार्टीको पदाधिकारी बैठकको निर्णय अनुसार प्रतिनिधिसभा क्षेत्रीय समितिहरुलाई मातहतमा रहेका निकायहरुलाई यथाशक्य छिटो जानकारी गराई सोही निर्णय अनुसार कार्य गर्न निर्देशन दिइएको छ’, प्रबक्ता गिरीले भने ।
अब योसंगै बाँकेमा सत्ता गठबन्धबीच चुनावी तालमेल लगभग नहुने भएकोछ । गठबन्धन भए जिल्लाका थुप्रै पालिका र वडामा काँग्रेस ब्याक हुनु पर्ने अवस्था सिर्जना भएपछि आवश्यकता र अवस्था हेरेर चुनावी तालमेल हुनेछ ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’