नेपालगन्ज ५ बैशाख : नेकपा एमालेले सरकारले स्थानीय तहको निर्वाचन सार्न खोजिए त्यसको सशक्त प्रतिवाद गर्ने निर्णय गरेको छ ।
सोमबार साँझ अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको केन्द्रिय सचिवालय बैठकले चुनाव रोक्ने षड्यन्त्रमा सरकार रहेको भन्दै कार्यकर्तालाई आन्दोलनका लागि लागि तयार रहन निर्देशन दिने निर्णय गरेको हो ।
‘सरकारले वैशाख ३० गते हुन लागिरहेको निर्वाचन सार्ने षड्यन्त्र गरिरहेको भन्ने आभास हामीलाई भएको छ,’ नेता पृथ्वी सुब्बा गुरुङले भने, ‘त्यसको हामी कडा प्रतिवाद गर्छौं, विरोध गर्छौं । कुनै पनि हालतमा चुनाव सार्ने षड्यन्त्र निस्तेज पार्छौं ।’
यस्तै, बैठकले स्थानीय तहको निर्वाचनका लागि पार्टीका तर्फबाट जारी गरिने प्रतिबद्धतापत्रको मस्यौदा पारित गरेको छ ।
त्यसलाई अब अन्तिम रुप दिएर ९ वैशाखमा नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा घोषणापत्र सार्वजनिक गरिनेछ । एमालेले इश्वर पोखरेल नेतृत्वमा घोषणापत्र निर्माण समिति गठन गरेको थियो ।
बैठकले १२ वटा विभाग गठन, सल्लाहकार परिषद्मा १०५ जना थप २७८ बनाउने र सम्पर्क समन्वय कमिटीमा ५१ जना मनोनयन गर्ने निर्णय गरेको उनले बताए । यस्तै बैठकले पार्टीको केन्द्रीय कार्यालय ९ वैशाखदेखि तुलसीलाल स्मृति भवनमा सार्ने निर्णय पनि गरेको छ ।
बैठकले स्थानीय जनप्रतिनिधिका लागि सिफारिस भएकाहरुको नाम प्रतिनिधिसभा, राष्ट्रियसभाको समानुपातिक सूचीबाट हटाउन निर्वाचन आयोगलाई पत्र लेख्ने निर्णय गरेको प्रचार विभाग प्रमुख गुरुङले बताए ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’