नेपालगन्ज ६ बैशाख : बहुप्रतिक्षित नेपालगन्जको महिला कलेज बुधबार एक कार्यक्रमकाबीच उद्घाटन गरिने भएकोछ ।
नेपालगन्जको मंगलप्रसाद विद्यालय प्राङ्गणमा रहेको मंगलप्रसाद महिला कलेजको बुधवार एक कार्यक्रमकावीच उद्घाटन हुने भएको हो ।
पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन पाएपछि उक्त कलेजको बुधवार औपचारिक उद्घाटन गरिन लागेकोछ ।
पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राचार्य डाक्टर यूवराज कोइरालाले बुधवार विहान ७ बजे उद्घाटन गर्ने कार्यक्रम तय गरिएको क्याम्पस प्रमुख रविन्द्र कर्णले जानकारी दिए ।
विशेष गरि महिलालाई उच्च शिक्षामा जोड दिन उक्त कलेज निर्माण गरिएको हो ।