कुन दलले कहाँको मेयर र उपमेयर पाउँदैछन् ? (विस्तृत)
नेपालगन्ज ७ बैशाख : लामो रस्साकस्सी र छलफल पश्चात अन्ततः सत्तारुढ गठबन्धनको बैठकले महानगर र उपमहानगरपालिका प्रमुख र उपप्रमुखमा भागबण्डा टुङ्ग्याएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठकले ६ महानगर र ११ उपमहानगरमा भागबण्डा मिलाएको हो ।
सहमति अनुसार नेपाली काँग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकामा मेयरमा साझा उम्मेदवार दिनेछ । त्यस्तै, वीरगंज, भरतपुर र पोखरा महानगरपालिकामा उपमेयरमा उम्मेदवारी दिनेछ ।
यस्तै, नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिकामा मेयरमा उम्मेदवारी दिनेछ । उसले ललितपुर महानगरपालिकामा उपमेयरमा उम्मेदवारी दिनेछ ।
नेकपा एकीकृत समाजवादीले पोखरा महानगरपालिकामा मेयरमा उम्मेदवारी दिनेछ । त्यस्तै उसले काठमाडौं महानगरपालिकामा उपमेयरमा उम्मेदवारी दिनेछ ।
त्यस्तै, जसपाले वीरगंज महानगरपालिका र विराटनगरपालिकामा उम्मेदवारी दिनेछ ।
यस्तै ११ वटा उपमहानगरपालिकामा नेपाली काँग्रेसले बाँकेको नेपालगन्ज, दाङको तुलसीपुर, कैलालीको धनगढी र बुटवल उपमहानगरपालिकामा मेयरमा उम्मेदवारी दिने भएकोछ ।
महानगरपालिकामा कुन दलले कुन पदमा उम्मेदवारी दिने ?
काठमाडौंः प्रमुख– काँग्रेस / उपप्रमुख– एकीकृत समाजावादी
ललितपुरः प्रमुख– काँग्रेस / उपप्रमुख– माओवादी केन्द्र
भरतपुरः प्रमुख– माओवादी केन्द्र / उपप्रमुख– काँग्रेस
पोखराः प्रमुख– एकीकृत समाजवादी / उपप्रमुख– काँग्रेस
वीरगंजः प्रमुख– जसपा / उपप्रमुख– काँग्रेस
विराटनगरः प्रमुख– काँग्रेस / उपप्रमुख– जसपा
उपमहानगरपालिका कुन दलले कुन पदमा उम्मेदवारी दिने ?
इटहरीः प्रमुख– काँग्रेस / उपप्रमुख– एकीकृत समाजवादी
धरानः प्रमुख– काँग्रेस / उपप्रमुख– माओवादी केन्द्र
जनकपुरः प्रमुख– जसपा / उपप्रमुख– काँग्रेस (सहमति पत्रमा उल्लेख नभएको)
कलैयाः प्रमुख– काँग्रेस / उपप्रमुख– जसपा
जितपुर सिमराः प्रमुख– माओवादी केन्द्र / उपप्रमुख– काँग्रेस
हेटौँडाः प्रमुख– एकीकृत समाजवादी / उपप्रमुख– काँग्रेस
बुटवलः प्रमुख– काँग्रेस / उपप्रमुख– एकीकृत समाजवादी
तुलसीपुरः प्रमुख– काँग्रेस / उपप्रमुख– एकीकृत समाजवादी
घोराहीः प्रमुख– माओवादी केन्द्र / उपप्रमुख– काँग्रेस
नेपालगन्जः प्रमुख– काँग्रेस / उपप्रमुख– जसपा
धनगढीः प्रमुख– काँग्रेस / उपप्रमुख– माओवादी केन्द्र
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’