कुन दलले कहाँको मेयर र उपमेयर पाउँदैछन् ? (विस्तृत)
नेपालगन्ज ७ बैशाख : लामो रस्साकस्सी र छलफल पश्चात अन्ततः सत्तारुढ गठबन्धनको बैठकले महानगर र उपमहानगरपालिका प्रमुख र उपप्रमुखमा भागबण्डा टुङ्ग्याएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठकले ६ महानगर र ११ उपमहानगरमा भागबण्डा मिलाएको हो ।
सहमति अनुसार नेपाली काँग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकामा मेयरमा साझा उम्मेदवार दिनेछ । त्यस्तै, वीरगंज, भरतपुर र पोखरा महानगरपालिकामा उपमेयरमा उम्मेदवारी दिनेछ ।
यस्तै, नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिकामा मेयरमा उम्मेदवारी दिनेछ । उसले ललितपुर महानगरपालिकामा उपमेयरमा उम्मेदवारी दिनेछ ।
नेकपा एकीकृत समाजवादीले पोखरा महानगरपालिकामा मेयरमा उम्मेदवारी दिनेछ । त्यस्तै उसले काठमाडौं महानगरपालिकामा उपमेयरमा उम्मेदवारी दिनेछ ।
त्यस्तै, जसपाले वीरगंज महानगरपालिका र विराटनगरपालिकामा उम्मेदवारी दिनेछ ।
यस्तै ११ वटा उपमहानगरपालिकामा नेपाली काँग्रेसले बाँकेको नेपालगन्ज, दाङको तुलसीपुर, कैलालीको धनगढी र बुटवल उपमहानगरपालिकामा मेयरमा उम्मेदवारी दिने भएकोछ ।
महानगरपालिकामा कुन दलले कुन पदमा उम्मेदवारी दिने ?
काठमाडौंः प्रमुख– काँग्रेस / उपप्रमुख– एकीकृत समाजावादी
ललितपुरः प्रमुख– काँग्रेस / उपप्रमुख– माओवादी केन्द्र
भरतपुरः प्रमुख– माओवादी केन्द्र / उपप्रमुख– काँग्रेस
पोखराः प्रमुख– एकीकृत समाजवादी / उपप्रमुख– काँग्रेस
वीरगंजः प्रमुख– जसपा / उपप्रमुख– काँग्रेस
विराटनगरः प्रमुख– काँग्रेस / उपप्रमुख– जसपा
उपमहानगरपालिका कुन दलले कुन पदमा उम्मेदवारी दिने ?
इटहरीः प्रमुख– काँग्रेस / उपप्रमुख– एकीकृत समाजवादी
धरानः प्रमुख– काँग्रेस / उपप्रमुख– माओवादी केन्द्र
जनकपुरः प्रमुख– जसपा / उपप्रमुख– काँग्रेस (सहमति पत्रमा उल्लेख नभएको)
कलैयाः प्रमुख– काँग्रेस / उपप्रमुख– जसपा
जितपुर सिमराः प्रमुख– माओवादी केन्द्र / उपप्रमुख– काँग्रेस
हेटौँडाः प्रमुख– एकीकृत समाजवादी / उपप्रमुख– काँग्रेस
बुटवलः प्रमुख– काँग्रेस / उपप्रमुख– एकीकृत समाजवादी
तुलसीपुरः प्रमुख– काँग्रेस / उपप्रमुख– एकीकृत समाजवादी
घोराहीः प्रमुख– माओवादी केन्द्र / उपप्रमुख– काँग्रेस
नेपालगन्जः प्रमुख– काँग्रेस / उपप्रमुख– जसपा
धनगढीः प्रमुख– काँग्रेस / उपप्रमुख– माओवादी केन्द्र