खजुरा(बाँके) ८ बैशाख : आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि बाँकेमा आज मूख्य निर्वाचन अधिकृतको कार्यालय लगायत ८ वटा स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
बाँकेको खजुरा गाउँपालिकाले विहान निर्वाचन अधिकृतको कार्यालयको उद्घाटन गरेको छ, भने अन्य पालिकामा यो क्रम जारी छ ।
निर्वाचन अधिकृत लोकबहादुर सुनार र खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले संयुक्त रुपमा कपास विकास समितिमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयको उद्घाटन गरेका हुन् ।
कार्यक्रम विभिन्न राजनीतिक दलका प्रतिनिधिको सहभागिता थियोे । निर्वाचन अधिकृत लोकबहादुर सुनारले आयोगले निर्देशन गरेको ऐन नियम र निर्देशिकामा रहेर निर्वाचन सप्पन्न गर्ने बताए ।
खजुरा गाउँ पालिका अध्यक्ष किस्मत कुमार कक्षपति र नेपाली काँग्रेसका रमेश सिजालीले शान्तिपूर्ण भयरहित निर्वाचनको पक्षमा आफुहरु रहेको बताए ।
खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले सबै दल तथा सरोकारवाला निकायको सहकार्यमा निर्वाचन निष्पक्ष, धाँधलीरहित हुनु पर्नेमा जोड दिए ।