डिएलए बाँकेको अध्यक्षमा शाही


डिएलए बाँकेको अध्यक्षमा शाही

नेपालगन्ज ८ बैशाखः नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन(डिएलए) बाँकेमा नयाँ नेतृत्व निर्वाचित भएको छ ।

डिएलए अध्यक्षमा जनकबहादुर शाही, उपाध्यक्षमा निर्दिप कुमार श्रेष्ठ, सचिव राकेश कुमार सोनी र कोषाध्यक्षमा मोहम्मद रिजवान अहमद मिर्जा निर्विरोध निर्वाचित भएका हुन् ।

Kanti Aarogya Hospital Nepalgunj

यसैगरी सदस्यमा विश्वजीत तिवारी, केवलसिंह थारु, चित्रबहादुर शाही, प्रभाकर भट्टराई, पुनम श्रेष्ठ, जयप्रसाद पौडेल, यशोदा कुमारी उपाध्याय, हरिश्चन्द्र सिजापती र सतिशकुमार अधिकारी निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत गणेशकुमार रेग्मीले जानकारी दिए ।

आगामी तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व निर्वाचित भएको उनले बताए । गत चैत २६ गते डिएलएको अधिवेशन सम्पन्न भएको थियो ।