नेकपा (माओवादी केन्द्र)का नेता नन्दलाल बैश्यलाई राप्रपामा प्रवेश गराउँदै राप्रपाका महामन्त्री डाक्टर धवल शम्शेर राणा लगायत ।
नेपालगन्ज ८ बैशाखः नेकपा (माओवादी केन्द्र)का नेता नन्दलाल बैश्य राप्रपामा प्रवेश गरेका छन् ।
नेपालगन्ज उद्योग वाणिज्य संघका पुर्वअध्यक्ष समेत रहेका उनी माओबादी केन्द्रबाट नेपालगन्ज उपमहानगरपालिकामा मेयर पदको आकांक्षी थिए । बैश्य नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगर कमिटीका सह–सचिव समेत थिए ।
पाँच दलिय गठबन्धनबाट नेपालगन्जमा नेपाली काँग्रेसलाई प्रमुख र जनता समाजवादी पार्टी (जसपा) लाई उप–प्रमुख पद भागबण्डा परेपछि बैश्यले राप्रपा रोजेका हुन् । राप्रपाका महामन्त्री डाक्टर धवलशमशेर राणाले उनलाई बिहीबार पार्टी प्रवेश गराए ।
सो क्रममा राप्रपाका पुर्वमन्त्रीद्वय प्रेमबहादुर भण्डारी र फत्तेसिंह थारु, पार्टीका सहायक महामन्त्री ऋषिराज देवकोटा, नेता ओमप्रकाश आजाद लगायत उपस्थित थिए । बैश्यले शुक्रबार आफ्ना निकट ठुलो संख्याका ब्यक्तिलाई पनि राप्रपामा प्रवेश गराउने भएका छन् ।
पार्टी प्रवेश गरिसकेपछि वैश्यले हिजो राजनीतिक बाटो बिराएर अन्यत्रै गएपनि अब सही बाटोमा आएको बताए । उनले भने, ‘हिजो जसरी इमान्दारीता र कर्तव्यनिष्ट भएर राजनीति गरे, अब पनि कही कतै नडगमगाइ राजनीति गर्नेछु ।’ अबको मुलुक परिवर्तनका लागि राप्रपा नै एक शक्ति भएको उनको दाबी छ ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’