काठमाडौँ ९ बैशाख : प्रेस काउन्सिल नेपालले पत्रकार ऋषि धमलाले आचारसंहिता उल्लङ्घन गरेको निष्कर्षसहित सचेत गराएको छ । आउँदा दिनमा पेशागत आचरणसहित आचारसंहिता पालना गर्नका लागि काउन्सिलले शुक्रबार सचेत गराएको हो ।
विमानस्थलमा जबर्जस्ती प्रवेश गरी लाइभ गरेको, नेपाल बार एशोसिएसनको बैठकमा समेत गैर पेशागत आचरण देखाएको भन्दै काउन्सिलले यस्तो कारबाही गरेको हो । साथै काउन्सिलले धमलालाई पत्रकार आचारसंहिता अभिमुखीकरण कक्षामा समेत शुक्रबार सहभागी गराएको छ ।
दुई दिन अघि काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतको अध्यक्षतामा बसेको आचारसंहिता अनुगमन उपसमितिको बैठकले धमलालाई सचेत गराउने र अभिमुखीकरण कक्षा लिन लगाउने निर्णय गरेको थियो ।
सोही अनुसार हरेक हप्ताको शुक्रबार सञ्चालन गर्ने ‘पत्रकार आचारसंहिता अभिमुखीकरण कार्यक्रम’ मा धमला सहभागी भई पत्रकार आचारसंहिताबारे थप जानकारी लिए । काउन्सिलले अनलाइन दर्ताअघि सञ्चालक, सम्पादक र प्रतिनिधिले अनिवार्यरूपमा अभिमुखीकरणमा सहभागी गर्ने गरेको यस कार्यक्रममा धमलाले पत्रकार आचारसंहिता पालना गर्ने प्रतिबद्धता व्यक्त गरे अनुरूप सहभागिता जनाएका हुन् ।
यसअघि पत्रकार धमलालाई प्रधानमन्त्री चढेको नेपाल एयरलाइन्सको विमानभित्र उद्दण्डता गरेको विषयमा काउन्सिलको आचारसंहिता अनुगमन समितिले छलफलको लागि बोलाएको थियो ।
काउन्सिलको सभाहलमा भएको कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष एवं विषय विज्ञ तारानाथ दाहालले पत्रकारले गर्न हुने र नहुने बुँदाबारे प्रकाश पार्दै आचारसंहिता पत्रकारकै हितको लागि बनेकाले यसको पुर्ण पालनाबाट मात्रै स्वच्छ पत्रकारिताको विकास हुने बताए ।
पत्रकारिता व्यवसाय नहुने भन्दै उनले पत्रकारले लेख्ने सामग्री सार्वजनिक हितको निम्ति हुनुपर्ने, स्वतन्त्रताको सीमा हुने, हरेक पाठकसँग सञ्चारमाध्यमको स्वामित्व हुने उल्लेख गरे । दाहालले सम्पादकीय स्वतन्त्रता, गोपनीयताको हकको सम्मान, गल्ती सच्चाउन तत्परता, समाचारको स्रोत एवं सामाजिक दायित्वबारे जानकारी दिदंै मानवअधिकारको रक्षार्थ कलम चलाउनु पर्ने धारणा राखे ।
काउन्सिलका बोर्ड सदस्य एवं विषय विज्ञ गोपाल बुढाथोकीले काउन्सिलले जारी गरेका विभिन्न निर्देशिकाहरूबारे प्रकाश पारेका थिए ।
उनले महिला उत्तरदायी सञ्चार निर्देशिका–२०७६, अपाङ्गतामैत्री सञ्चार निर्देशिका–२०७३, बालमैत्री सञ्चार निर्देशिका–२०७३ तथा ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका–२०७८ मा उल्लेख प्रावधानहरूबारे जानकारी दिए ।
निर्देशिकामा सञ्चार माध्यम र सञ्चारकर्मीले समाचार सामग्री प्रकाशन÷प्रसारण गर्दा ध्यान दिनुपर्ने, विषय, शब्दावली, उखानटुक्काबारे जानकारी दिइएको भन्दै निर्देशिकाको अध्ययन गरी पत्रकारले समाचार सम्प्रेषण गर्नुपर्ने उनको भनाइ थियो ।
अध्यक्ष बालकृष्ण बस्नेतले काउन्सिलले आचारसंहिताको अभिमुखिकरणलाई प्रभावकारी बनाउँदै लगिने र पत्रकारिताको विकासका लागि सबैले यसलाई पालना गर्नुपर्ने धारणा राखे ।
उनले नयाँ अनलाइन सूचीकरण गर्दा र आचारसंहिता उल्लंघनका घट्नामा अनिवार्य आचारसंहिता अभिमुखीकरणमा सामेल हुनुपर्ने अभ्यासले सचेतना बढ्ने विश्वासका कार्यक्रमलाई निरन्तरता दिइएको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेल, काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसाल, उपप्रशासकीय अधिकृत रामशरण बोहरालगायत विभिन्न नयाँ अनलाइन सञ्चार माध्यमका सञ्चालक÷सम्पादकको सहभागिता रहेको थियो ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’