नेपालगन्ज ९ बैशाखः बाँकेस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले स्थानीय तह निर्वाचनको मनोनयन दर्ताका लागि नेपाली काँग्रेसका उम्मेदवारलाई समय दिएको छ ।
बाँकेमा ८ वटै स्थानीय तहमा एकैसाथ मनोनयन दर्ता गर्नका लागि नेपाली काँग्रेसका उम्मेदवारलाई यही बैशाख १२ गते दिउँसो १ बजे मनोनयन दर्ता गर्ने समय दिएको हो ।
जिल्लाका ८ वटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेका छन् । ‘नेपाली काँग्रेसका उम्मेदवारलाई निर्वाचन अधिकृतको कार्यालयले बैशाख १२ गते दिउँसो १ बजेको समय दिएको छ, जिल्लाका ८ वटै स्थानीय तहमा एउटै समयमा मनोनयन दर्ता गराइनेछ,’ काँग्रेस बाँकेका कार्यालय प्रमुख उमेश शर्माले भने ।
सोही दिन पालिका प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र वडासदस्यले मनोनयन दर्ता गराउनेछन् । यद्यपी काँग्रेस बाँकेले ८ वटै पालिकाका प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र वडासदस्यका आकांक्षि उम्मेदवारहरुको आन्तिम नामावली तयारीमा जुटेकोछ ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’