नेपालगन्ज १० वैशाख : आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२ का वडाअध्यक्ष सुनिल सिंह हमाल पुनः दोहोरिने भएकाछन् ।
आम जनताको भावना र पार्टीले समेत वडाअध्यक्षमा पुनः उम्मेदवार भएर वडाको जिम्मेवारी निभाउन आग्रह गरेपछि आफू पुनः वडाअध्यक्षमा दोहिरन लागेको हमालले सेतोखरीलाई जानकारी दिए ।
संघीयतापछिको पहिलो निर्वाचनमा आफू निर्वाचित भइ समग्र वडाको विकास, समृद्धि र आम जनताको भावनाअनुरुप काम गरेको बताउँदै वडाअध्यक्ष पदका आकांक्षि हमालले भने –‘आफ्नो ५ वर्षे कार्यकालमा धेरै काम गरे, केही कामले पूर्णता पाउन सकेन त्यसको निरन्तरताका लागि पुन दोस्रो कार्यकालका लागि उम्मेदवारी दिनेछु ।’
हमाल दोस्रो कार्यकालका लागि उमेद्धवारी दिने घोषण गर्दै नीति, बिधि र प्रबिधि समुन्नत वडाबासीको नारालाई अगाडी सारेर चुनावी प्रचारप्रसारमा होमिएको बताउँछन् ।
हालै उनले वडाअध्यक्षमा उम्मेदवारी दिनका लागि वडाबाट प्राप्त एक थान ल्यापटप बुझाइसकेकाछन् । वडाअध्यक्ष हमाल नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ मा मात्र नभए उनी समग्र उपमहानगरमै काँग्रेसका प्रभावशाली नेताका रुपमा चिनिन्छन् ।
पुनः वडा अध्यक्षको उम्मेदवारी दिने तयारी गरेका हमाल राजनीतिक, समाजिक र खेलकुदको क्षेत्रमा लामो योगदान पुर्याएकाछन् ।
बिद्यार्थी राजनीतिबाट मुल राजनीतिमा आएका सुनिलसिंह हमाल २०४२ सालमा नेपाल बिद्यार्थी संघ महेन्द्र बहुमुखि क्याम्पस इकाई सहसचिवबाट मुल राजनीतिमा आएक हुन् ।
हमाल बिद्यार्थी राजनीतिबाट मुल राजनीतिमा आएपनि, उनको खेल क्षेत्रमा पनि ठुलो योगदान रहेको छ । बिशेष गरेर त्रिकेट क्षेत्रमा २०३९ साल देखि ५४ सालसम्म राष्ट्रिय तथा ठुल्ठुला खेलकुद प्रतियोगितामा खेलाडीको रुपमा सहभागित जनाउदै आएका थिए ।
२०५४ साल देखि हमालले खेल राजनीतिमा प्रवेश गरेर जिल्ला खेलकूद बिकास समिति बाँकेको सचिव समेत भए । हालसम्म पनि खेलकुद क्षेत्रको नेतृत्व गर्दै आएकाछन् ।
हमालको साक्रियातालाई मूल्यांकन गर्दै २०५४ सालमा नेपाली काँग्रेसले नेपाल तरुण दलको जिल्ला संस्थापक सदस्यमा मनोनित ग¥यो । २०५६ सालमा हमाल पार्टीको इकाई सभापति भई जिम्मेबारी निर्वाह गरे । २०५६ सालमै पार्टीले उनलाई क्षेत्रिय सदस्य बनायो । यसरी राजनीतिमा सक्रिया रहदै आएका हमाल २०७२ सालमा नेपाली काँग्रेस बाँके क्षेत्र नम्बर–२ को क्षेत्रीय सचिव भएर काम गरे । २०७८ सालको १४ औं महाधिबेशनबाट हमाल पुनः क्षेत्रीय सचिवमा निर्वाचित भएर हालसम्म पार्टीको क्षेत्रीय सचिवको पदमा रहेर पार्टीलाई योगदान पु¥याउदै आएकाछन् ।
हमाल निर्वाचित भएर आइसकेपछि वडा नम्बर–२ मा करिब ३ किलोमिटर सडक कालोपत्रे, करिब ७ किलोमिटर सडक पीसीसी, नाली निर्माण, नयाँ सडक निर्माण, बगेश्वरी मन्दिरको शौन्दर्यकरण, वडामा प्रबिधि जडान, दैलेखी बंगलामा वडा कार्यालय र स्वास्थ्य चौकी निर्माण गरी सकेकाछन् । बिद्यालयको स्तर उन्नती, वडामा प्रबिधिक धारको बिद्यालय बनाउनका लागि शिलन्यांस गरेकाछन् ।
हमालले आफ्नो प्रतिबद्धताका बारेमा जानकारी दिदै भने समाजिक बिकास अन्र्तगत पर्ने लक्षित समुहहरुको शसक्तिकरणका लागि बिशेष अभियान कार्यक्रम गरी नेतृत्वमैत्री वडा बनाउन क्रियाशिल रहने छु । वडामा बाँकी रहेको काम निरन्तरता दिने छु । प्रबिधिमैत्री वडा बनाउनका लागि बिशेष जोडदिने छु ।
बगेश्वरी मन्दिर क्षेत्रलाई धार्मिक तथा पर्यटकीय क्षेत्र बनाउने, वडामा प्रबिधिक धारको बिद्यालय बनाउने, सरसफाई र सौन्दर्यकरणलाई निरन्तरता, खेल क्षेत्रमा योगदान पु¥याएका ओलाम्पियनका लागि बिशेष सम्मान कार्यक्रम ल्याउने हमालले बताए ।
युवालाई योग्यता क्षमता अनुसार निजि क्षेत्रसंग समन्वय गरी स्वांयमसेवकको रुपमा काममा लगाउने र काम दिने लगायत्का प्रतिबद्धता घोषण गरेकाछन् ।
वडामा रहेको खाली ठाउँ व्यवासायिक र समाजिक उपभोग गर्ने, दैलेखी बंगालामा पहिचानका लागि दैलेखी सपिङ्ग कम्प्लेक्स निर्माण गर्ने, आफ्नो ५ वर्षे कार्यकालको ५० प्रतिशत सेवासुबिधा आक्षय कोष स्थापना गरी समाजिक कार्यमा लगानी गर्ने समेत उनले प्रतिबद्धता ब्यक्त गरे ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’