नेपालगन्ज १० वैशाख : आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२ का वडाअध्यक्ष सुनिल सिंह हमाल पुनः दोहोरिने भएकाछन् ।
आम जनताको भावना र पार्टीले समेत वडाअध्यक्षमा पुनः उम्मेदवार भएर वडाको जिम्मेवारी निभाउन आग्रह गरेपछि आफू पुनः वडाअध्यक्षमा दोहिरन लागेको हमालले सेतोखरीलाई जानकारी दिए ।
संघीयतापछिको पहिलो निर्वाचनमा आफू निर्वाचित भइ समग्र वडाको विकास, समृद्धि र आम जनताको भावनाअनुरुप काम गरेको बताउँदै वडाअध्यक्ष पदका आकांक्षि हमालले भने –‘आफ्नो ५ वर्षे कार्यकालमा धेरै काम गरे, केही कामले पूर्णता पाउन सकेन त्यसको निरन्तरताका लागि पुन दोस्रो कार्यकालका लागि उम्मेदवारी दिनेछु ।’
हमाल दोस्रो कार्यकालका लागि उमेद्धवारी दिने घोषण गर्दै नीति, बिधि र प्रबिधि समुन्नत वडाबासीको नारालाई अगाडी सारेर चुनावी प्रचारप्रसारमा होमिएको बताउँछन् ।
हालै उनले वडाअध्यक्षमा उम्मेदवारी दिनका लागि वडाबाट प्राप्त एक थान ल्यापटप बुझाइसकेकाछन् । वडाअध्यक्ष हमाल नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ मा मात्र नभए उनी समग्र उपमहानगरमै काँग्रेसका प्रभावशाली नेताका रुपमा चिनिन्छन् ।
पुनः वडा अध्यक्षको उम्मेदवारी दिने तयारी गरेका हमाल राजनीतिक, समाजिक र खेलकुदको क्षेत्रमा लामो योगदान पुर्याएकाछन् ।
बिद्यार्थी राजनीतिबाट मुल राजनीतिमा आएका सुनिलसिंह हमाल २०४२ सालमा नेपाल बिद्यार्थी संघ महेन्द्र बहुमुखि क्याम्पस इकाई सहसचिवबाट मुल राजनीतिमा आएक हुन् ।
हमाल बिद्यार्थी राजनीतिबाट मुल राजनीतिमा आएपनि, उनको खेल क्षेत्रमा पनि ठुलो योगदान रहेको छ । बिशेष गरेर त्रिकेट क्षेत्रमा २०३९ साल देखि ५४ सालसम्म राष्ट्रिय तथा ठुल्ठुला खेलकुद प्रतियोगितामा खेलाडीको रुपमा सहभागित जनाउदै आएका थिए ।
२०५४ साल देखि हमालले खेल राजनीतिमा प्रवेश गरेर जिल्ला खेलकूद बिकास समिति बाँकेको सचिव समेत भए । हालसम्म पनि खेलकुद क्षेत्रको नेतृत्व गर्दै आएकाछन् ।
हमालको साक्रियातालाई मूल्यांकन गर्दै २०५४ सालमा नेपाली काँग्रेसले नेपाल तरुण दलको जिल्ला संस्थापक सदस्यमा मनोनित ग¥यो । २०५६ सालमा हमाल पार्टीको इकाई सभापति भई जिम्मेबारी निर्वाह गरे । २०५६ सालमै पार्टीले उनलाई क्षेत्रिय सदस्य बनायो । यसरी राजनीतिमा सक्रिया रहदै आएका हमाल २०७२ सालमा नेपाली काँग्रेस बाँके क्षेत्र नम्बर–२ को क्षेत्रीय सचिव भएर काम गरे । २०७८ सालको १४ औं महाधिबेशनबाट हमाल पुनः क्षेत्रीय सचिवमा निर्वाचित भएर हालसम्म पार्टीको क्षेत्रीय सचिवको पदमा रहेर पार्टीलाई योगदान पु¥याउदै आएकाछन् ।
हमाल निर्वाचित भएर आइसकेपछि वडा नम्बर–२ मा करिब ३ किलोमिटर सडक कालोपत्रे, करिब ७ किलोमिटर सडक पीसीसी, नाली निर्माण, नयाँ सडक निर्माण, बगेश्वरी मन्दिरको शौन्दर्यकरण, वडामा प्रबिधि जडान, दैलेखी बंगलामा वडा कार्यालय र स्वास्थ्य चौकी निर्माण गरी सकेकाछन् । बिद्यालयको स्तर उन्नती, वडामा प्रबिधिक धारको बिद्यालय बनाउनका लागि शिलन्यांस गरेकाछन् ।
हमालले आफ्नो प्रतिबद्धताका बारेमा जानकारी दिदै भने समाजिक बिकास अन्र्तगत पर्ने लक्षित समुहहरुको शसक्तिकरणका लागि बिशेष अभियान कार्यक्रम गरी नेतृत्वमैत्री वडा बनाउन क्रियाशिल रहने छु । वडामा बाँकी रहेको काम निरन्तरता दिने छु । प्रबिधिमैत्री वडा बनाउनका लागि बिशेष जोडदिने छु ।
बगेश्वरी मन्दिर क्षेत्रलाई धार्मिक तथा पर्यटकीय क्षेत्र बनाउने, वडामा प्रबिधिक धारको बिद्यालय बनाउने, सरसफाई र सौन्दर्यकरणलाई निरन्तरता, खेल क्षेत्रमा योगदान पु¥याएका ओलाम्पियनका लागि बिशेष सम्मान कार्यक्रम ल्याउने हमालले बताए ।
युवालाई योग्यता क्षमता अनुसार निजि क्षेत्रसंग समन्वय गरी स्वांयमसेवकको रुपमा काममा लगाउने र काम दिने लगायत्का प्रतिबद्धता घोषण गरेकाछन् ।
वडामा रहेको खाली ठाउँ व्यवासायिक र समाजिक उपभोग गर्ने, दैलेखी बंगालामा पहिचानका लागि दैलेखी सपिङ्ग कम्प्लेक्स निर्माण गर्ने, आफ्नो ५ वर्षे कार्यकालको ५० प्रतिशत सेवासुबिधा आक्षय कोष स्थापना गरी समाजिक कार्यमा लगानी गर्ने समेत उनले प्रतिबद्धता ब्यक्त गरे ।