काँग्रेस प्रदेश कार्यालय बुटवलमा छलफल जारी, आजै टुंगो लगाइने
नेपालगन्ज ११ वैशाख : नेपाली काँग्रेसबाट नेपालगन्जको मेयरका लागि तीन जनाको नाम सर्ट लिष्टमा समावेश भएकोछ ।
काँग्रेसबाट नेपालगन्जको मेयरमा डाक्टर सुरेशकुमार कनोडिया, प्रशान्त विष्ट र उमाथापा मगरको नाम सर्ट लिष्टमा परेको नेपाली काँग्रेस, लुम्बिनी प्रदेशले जनाएकोछ ।
सर्ट लिष्टको पहिलो नम्बरमा डाक्टर कनोडिया, दोस्रोमा विष्ट र तेस्रोमा उमाको नाम रहेकोछ । उमा उपमहानगरपालिककी उपमेयर हुन् ।
नेपालगन्जको मेयरमा कसलाई टिकट दिने भन्ने विषय केन्द्रले टुङ्गो लगाउन नसकेपछि प्रदेशलाई जिम्मा दिइएको हो ।
काँग्रेस प्रदेश कार्यालय बुटवलमा यतिबेला छलफल जारी छ । बुटवलमा जारी उक्त बैठकले आज बेलुकासम्म काँग्रेसबाट नेपालगन्ज उपमहानगरपालिकाको मेयरको नाम टुङ्गो लगाइने बताइएकोछ ।