स्थानीय तह निर्वाचन

बाँकेका ८ पालिकामा एमालेका यी हुन् उम्मेदवार


बाँकेका ८ पालिकामा एमालेका यी हुन् उम्मेदवार

नेपालगन्ज ११ वैशाख : नेकपा एमालेले बाँकेमा आठ वटै पालिकाको उम्मेदवार टुंगो लगाएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा पशुपतिदयाल मिश्र र उपमेयरमा शान्ति ढकाल चयन भएका छन् । कोहलपुर नगरपालिकामा मेयर खिलप्रसाद भुसाल र उपमेयरमा अस्मिता थारुलाई अगाडि सारिएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

नरैनापुर गाउँपालिकामा अध्यक्ष पदमावती यादव र उपाध्यक्षमा रामकुमार दिक्षित, डुडुवामा सरोजकुमारी यादव र सकिल खाँ, बैजनाथ गाउँपालिकामा घननाथ खनाल र प्रेमपूर्ण योगी, जानकी गाउँपालिकामा हिमान्सु यादव र भूमिसरा धिताल, खजुरा गाउँपालिकामा सुमन मल्ल र नजिरा बेगम, राप्तीसोनारी गाउँपालिकामा रामदास थारु र चमेली बागबल रहेका छन् ।

एमाले, बाँकेका जिल्ला सचिव रत्न खत्रीले पालिकाहरुको टुंगो लागिसकेको र वडाहरुको आज (आईतबार) बेलुकासम्म टुंगिने जानकारी दिए ।