नेपालगन्ज ११ वैशाख : नेकपा एमालेले बाँकेमा आठ वटै पालिकाको उम्मेदवार टुंगो लगाएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा पशुपतिदयाल मिश्र र उपमेयरमा शान्ति ढकाल चयन भएका छन् । कोहलपुर नगरपालिकामा मेयर खिलप्रसाद भुसाल र उपमेयरमा अस्मिता थारुलाई अगाडि सारिएको छ ।
नरैनापुर गाउँपालिकामा अध्यक्ष पदमावती यादव र उपाध्यक्षमा रामकुमार दिक्षित, डुडुवामा सरोजकुमारी यादव र सकिल खाँ, बैजनाथ गाउँपालिकामा घननाथ खनाल र प्रेमपूर्ण योगी, जानकी गाउँपालिकामा हिमान्सु यादव र भूमिसरा धिताल, खजुरा गाउँपालिकामा सुमन मल्ल र नजिरा बेगम, राप्तीसोनारी गाउँपालिकामा रामदास थारु र चमेली बागबल रहेका छन् ।
एमाले, बाँकेका जिल्ला सचिव रत्न खत्रीले पालिकाहरुको टुंगो लागिसकेको र वडाहरुको आज (आईतबार) बेलुकासम्म टुंगिने जानकारी दिए ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’