नेपालगन्ज मेयरको टिकट मैले पाए, सबै मिलेर मलाई जिताउनुहोस् : प्रशान्त विष्ट


नेपालगन्ज मेयरको टिकट मैले पाए, सबै मिलेर मलाई जिताउनुहोस् : प्रशान्त विष्ट

नेपालगन्ज ११ वैशाख : नेपालगन्ज उपमहानगरपालिकाको मेयरको टिकट आफूले पाएको भन्दै सबै मिलेर जिताउन प्रशान्त विष्टले आग्रह गरेकाछन् । नेपाली काँग्रेसका नेपालगन्ज नगर सभापति समेत रहेका प्रशान्त विष्टले आफूले मेयरको टिकट पाइसकेको र सबै मिलेर जिताउन आग्रह गरे ।

काँग्रेस लुम्बिनी प्रदेश बुटवलमा भएको बैठकबाट फर्कदैं गर्दा साथी भाईलाई फोन गरेर उनले यस्तो बताएका हुन् । ‘मैले नेपालगन्ज उपमहानगरपालिकाको मेयरको टिकट पाइसके, अब ब्यापक प्रचारप्रशारमा जुट्नुहोस्’ काँग्रेस प्रदेश बैठकबाट आईतबार राती नेपालगन्ज फर्कदै गर्दा उनले भने–‘म नेपालगन्जको मुहार फेर्न चाहान्छु, यसको तयारीमा सबै जना लाग्नुहोस् ।’

यसअघि काँग्रेसबाट नेपालगन्जको मेयरका लागि डाक्टर सुरेशकुमार कनोडिया, प्रशान्त विष्ट र उमाथापा मगरको नाम सर्ट लिष्टमा परेको थियो । सर्ट लिष्टको पहिलो नम्बरमा डाक्टर कनोडिया, दोस्रोमा विष्ट र तेस्रोमा उमाको नाम थियो । उमा उपमहानगरपालिककी उपमेयर हुन् ।

नेपालगन्जको मेयरमा कसलाई टिकट दिने भन्ने विषय केन्द्रले टुङ्गो लगाउन नसकेपछि प्रदेशलाई जिम्मा दिइएको थियो । काँग्रेस प्रदेश कार्यालय बुटवलमा आईतबार अबेर साँझसम्म भएको छलफल पश्चात काँग्रेसबाट नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा विष्टको नाम टुङ्गो लगेको हो ।

Kids Festival 2022
kanti aarogya hospital

विष्ट काँग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघ, नेपाल तरुण दल हुदै पार्टीको मुल राजनीतिमा आएका हुन् । जिल्लामै व्यक्तिगत छबि उचो बनाएका विष्ट नेपालगन्जको राजनीतिमा लोकप्रिय नेताका रुपमा परिचित छन् ।

राजनीति पृष्ठभूमिमा विछट्टै पहिचान बनाउन सफल विष्टले काँग्रेसबाट उपमहानगरपालिकाको मेयरको टिकट पाएसंगै उपमहानगरपालिकाको नेतृत्व सम्हाल्नेमा ढुक्कछन् ।

काँग्रेस कार्यकर्ताको नजरमा योग्य, बलियो र कुशल नेतृत्वकर्ताका रुपमा चिनिएका विष्ट काँग्रेस कार्यकर्तामा मात्र होइन अन्य राजनीतिक दल तथा ब्यक्तिहरुमा पनि रुचाइएका युवा नेता हुन् । नगरमा काँग्रेससंगै अन्य दल लगायत मधेशी, मुस्लिम, युवा माझमा उनको राम्रो पकड रहेकोछ ।

काँग्रेस नेपालगन्ज उपमहानगर सभापति समेत रहेका विष्ट तत्कालिन नेपालगन्ज नगर सभापति भएर पाँच वर्ष र उपमहानगर भएपछि थप पाँच वर्ष गरी १० वर्ष कार्यकाल सम्हाल्ने अवसर पाए ।

काँग्रेसको १४ औं महाधिवेशनमा अत्याधिक मत ल्याएर विष्ट पुनः उपमहानगर सभापतिमा विजयी बने । उनले सो बेला आफुले पार्टीलाई झन् बलियो बनाउदै लाने र स्थानीय निर्वाचनमा नेपालगन्जका २३ वटै वडामा पार्टीका साथीहरुलाई जिताउने पहिलो एजेण्डा रहेको बताएका थिए ।

स्वर्गीय सुशिल कोइरालाको गृहनगर नेपालगन्जमा पार्टीको प्रतिष्ठा स्थापित गर्न पार्टीले मलाई मेयरको टिकट दिएर नगरबासीप्रती न्याय गरेको उनले बताए । नेपालगन्जको २३ वटै वडामा नयाँ र पुरानो गरी काँग्रेसका ३ हजारको हाराहारीमा क्रियाशील सदस्य रहेका छन् । यसले पनि विष्टलाई मेयरमा बाजी मार्न थप बल पुग्नेछ ।