स्थानीय तह निर्वाचन

किरण कोइरालाका विश्वासिला पात्र जसपाबाट वडाअध्यक्षको उम्मेदवार


किरण कोइरालाका विश्वासिला पात्र जसपाबाट वडाअध्यक्षको उम्मेदवार

नेपालगन्ज १२ वैशाख : नेपाली काँग्रेस बाँकेका निर्वतमान सभापति किरण कोइरालाका विश्वासिला पात्र जसपाबाट वडाअध्यक्षमा उम्मेदवारी दिएकाछन् ।

२०७४ सालको निर्वाचनमा उनी नेपाली काँग्रेसबाट नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१२ को वडाअध्यक्षमा बुद्धिसागर सुवदी निर्वाचित भएका थिए ।

काँग्रेस बाँकेका निर्वतमान सभापति कोइरालाले त्यो बेला उनलाई वडाअध्यक्षको उम्मेदवारी दिलाएकी थिइन् । कोइरलाका विश्वासीला पात्र सुवेदीले अहिले फेरि काँग्रेसबाट वडाअध्यक्षको पद नपाएपछि गएराती जसपामा प्रवेश गरि जसपाबाटै वडा नम्बर १२को उम्मेदवार बनेका छन् ।

यसअघि राप्रपामा प्रवेश गर्न उनले लविङ्ग गरेपनि राप्रपाले उनलाई वडाअध्यक्षमा टिकट फाइनल भइसकेको र स्थान दिन नसकिने भनेपछि सुवेदी जसपामा प्रवेश गरेका हुन् ।

Kanti Aarogya Hospital Nepalgunj

‘पार्टीले मेरो मूल्यांकन गरेन, म वडाअध्यक्षमा दोहोरिन चाहन्थे’ सेतोखरीसंग कुरा गर्दै काँग्रेसबाट जसपामा प्रवेश गरेका सुवेदीले भने–‘वडाअध्यक्षमा म बलियो उम्मेदवार हुँ, अध्यक्षका लागि टिकट पाएन अनि म जसपाबाट उम्मेदवारी दिदैैछु ।’