नेपालगन्ज १२ वैशाख : नेपाली काँग्रेस बाँकेका निर्वतमान सभापति किरण कोइरालाका विश्वासिला पात्र जसपाबाट वडाअध्यक्षमा उम्मेदवारी दिएकाछन् ।
२०७४ सालको निर्वाचनमा उनी नेपाली काँग्रेसबाट नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१२ को वडाअध्यक्षमा बुद्धिसागर सुवदी निर्वाचित भएका थिए ।
काँग्रेस बाँकेका निर्वतमान सभापति कोइरालाले त्यो बेला उनलाई वडाअध्यक्षको उम्मेदवारी दिलाएकी थिइन् । कोइरलाका विश्वासीला पात्र सुवेदीले अहिले फेरि काँग्रेसबाट वडाअध्यक्षको पद नपाएपछि गएराती जसपामा प्रवेश गरि जसपाबाटै वडा नम्बर १२को उम्मेदवार बनेका छन् ।
यसअघि राप्रपामा प्रवेश गर्न उनले लविङ्ग गरेपनि राप्रपाले उनलाई वडाअध्यक्षमा टिकट फाइनल भइसकेको र स्थान दिन नसकिने भनेपछि सुवेदी जसपामा प्रवेश गरेका हुन् ।
‘पार्टीले मेरो मूल्यांकन गरेन, म वडाअध्यक्षमा दोहोरिन चाहन्थे’ सेतोखरीसंग कुरा गर्दै काँग्रेसबाट जसपामा प्रवेश गरेका सुवेदीले भने–‘वडाअध्यक्षमा म बलियो उम्मेदवार हुँ, अध्यक्षका लागि टिकट पाएन अनि म जसपाबाट उम्मेदवारी दिदैैछु ।’
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’