नेपालगन्ज १२ वैशाख : नेपाली काँग्रेसले बाँकेका ८ वटै स्थानीय तहमा आफ्नो उम्मेदवारको नाम टुंगो लगाएको छ । काँग्रेसले नेपालगन्ज उपमहानगरपालिकामा प्रशान्त विष्टलाई मेयरको उम्मेदवार बनाएको छ ।
यसैगरी कोहलपुर नगरपालिकामा पूर्णप्रसाद आचार्यलाई मेयर र संगिता सुवेदीलाई उपमेयरको उम्मेदवार बनाइएको छ । यस्तै राप्ती सोनारी गाउँपालिका अध्यक्षमा तप्तबहादुर पौडेल र उपाध्यक्षमा संगिताकुमारी थारु, डुडुवा गाउँपालिका अध्यक्षमा नरेन्द्रकुमार चौधरी र उपाध्यक्षमा साहिदा बानो खाँ, नरैनापुर गाउँपालिका अध्यक्षमा रामचन्द्र मौर्य र उपाध्यक्षमा अतिकुन निशा उम्मेदवार भएका छन् ।
बैजनाथ गाउँपालिका अध्यक्षमा प्रकाशबहादुर शाही र उपाध्यक्षमा निर्मला रोकाया, जानकी गाउँपालिका अध्यक्षमा छब्बन खाँ र उपाध्यक्षमा रामप्यारी यादव तथा खजुरा गाउँपालिका उपाध्यक्षमा मञ्जु मल्ललाई कांगे्रसले उम्मेदवार बनाएको हो ।
टुंगो लागेका सबै उम्मेदवारले सोमबार दिउँसो १ बजे एकैसाथ बाँकेका ८ वटै निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराउने तयारी गरेका छन् । काँग्रेसले नेपालगन्ज उपमहानगरपालिका र खजुरा गाउँपालिकामा गठबन्धन गरेको छ । नेपालगन्जमा गठबन्धनबाट उपमेयरमा जनता समाजवादी पार्टीका तर्फबाट कमरुद्धिन राई उम्मेदवार भएका छन् । यस्तै खजुरा गाउँपालिकामा गठबन्धनका तर्फबाट माओबादी केन्द्रका डम्बर बिक अध्यक्षको उम्मेदवार बनेका छन् ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’