स्थानीय तह निर्वाचन

काँग्रेसबाट नेपालगन्जका २३ वटै वडामा यी हुन वडाअध्यक्षका उम्मेदवार


काँग्रेसबाट नेपालगन्जका २३ वटै वडामा यी हुन वडाअध्यक्षका उम्मेदवार

नेपालगन्ज १२ वैशाखः नेपालगन्ज उपमहानगरपालिकामा नेपाली काँग्रेसले वडाअध्यक्षको उम्मेदवार टुंगो लगाएको छ ।

नेपाली काँग्रेस क्षेत्र नम्बर–२ का सभापति रमेश गुप्ताले दिएको जानकारी अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर– १ को वडाअध्यक्षमा बिनोद रिजाल, वडा नम्बर– २ मा प्रदिप श्रेष्ठ, वडा नम्बर– ३ मा पंकज गुप्ता, वडा नम्बर– ४ मा प्रदीप शाह (तेली), वडा नम्बर–५ मा मेराज अहमद हल्वाई, वडा नम्बर–६ मा रितेश शर्मा (बढई) ले वडाअध्यक्षको टिकट पाएका छन् ।

यस्तै वडा नम्बर–७ मा रमेशकुमार नाग, वडा नम्बर–८ निजामुद्दिन सिद्धिकी, वडा नम्बर–९ मा अखबर अलि शेख, वडा नम्बर–१० मा नरबहादुर बिष्ट, वडा नम्बर– ११ मा उज्वलसिंह राठौंर, वडा नम्बर–१२ मा तरुण बज्राचार्यलाई वडाअध्यक्षको उम्मेदवार बनाइएको छ ।

यसैगरी वडा नम्बर–१३ मा संदीपजंग शाह, वडा नम्बर–१४ मा कृष्ण माधव बर्मा, वडा नम्बर– १५ मा बन्दन कवडिया, वडा नम्बर– १८ मा मंगलप्रसाद बर्मा कुर्मी(सानु), वडा नम्बर– १९ मा परशुराम कुर्मी उम्मेदवार बनेका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

त्यस्तै वडा नम्बर– २० मा रविन्द्र लामिछाने, वडा नम्बर– २१ मा राजकुमार साहु (तेली), वडा नम्बर –२२ मा बिद्याराम कुर्मी र वडा नम्बर– २३ मा जब्बार अलि बेहना उम्मेदवार भएका छन् ।

बाँके क्षेत्र नम्बर–३ मा पर्ने नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर –१६ को वडाअध्यक्षमा हनिफ जोलाहा र वडा नम्बर– १७ को वडाअध्यक्षमा लक्ष्मण प्रसाद वर्माले वडाअध्यक्षको टिकट पाएका छन् ।

नेपाली काँग्रेसका उम्मेदवारले सोमबार दिउँसो १ बजे निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराउने कार्यक्रम छ । निर्वाचन अधिकृतको कार्यालयले दिउँसो १ बजे जिल्लाका ८ वटै निर्वाचन अधिकृतको कार्यालयमा काँग्रेसका उम्मेदवारलाई मनोनयन दर्ता गर्ने समय दिएको छ ।