बाँकेमा उत्सवमय मनोनयन दर्ता


बाँकेमा उत्सवमय मनोनयन दर्ता

नेपालगन्ज १३ वैशाख : आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बाँकेका ८ वटै पालिकामा उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

बाँकेको ८ पालिकाका ८१ वटा वडाका कुल ४३९ पदमा उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराएकाछन् । सोमबार राती अबेर १० बजेसम्म बाँकेका ८ पालिकामा रहेको निर्वाचन कार्यालयमा उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

सबै पालिकामा शान्तिपूर्वक मनोनयन दर्ता भएको बाँके प्रहरीले बताएकोछ । कहिँकतै कुनै खालको अप्रिय अवस्था नआएको प्रहरीले बताएकोछ । योसंगै उम्मेदवारी दर्ता उत्साहजनक र शान्तिपूर्ण भएकोछ ।

Kids Festival 2022
kanti aarogya hospital

उम्मेदवारी दर्ता गर्नुअघि नगर तथा गाउँ परिकर्मा गरेर विभिन्न राजनीतिक दलले आफ्नो उम्मेदवारी दर्ता गराएका थिए । नेपालगन्जको प्रचण्ड गर्मीलाई वेवास्ता गरि उम्मेदवारी दर्ता गरिएको थियो ।

सोक्रममा निर्वाचन कार्यालय पुगेका दलका समर्थकहरुले आ–आफ्नो पार्टीको पक्षमा चर्को नारा लगाएका थिए । निर्वाचन अधिकृतका कार्यालयहरु बाहिर समर्थकहरुको नारा जुलस गरिरहँदा उम्मेदवारहरु मनोनयनका लागि भित्र छिरेका थिए । उनीहरु आफ्ना समर्थक तर्फ हात हल्लाउने र अभिवादन गरेको पाइन्थ्यो ।