नेपालगन्ज १३ वैशाख : आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बाँकेका ८ वटै पालिकामा उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।
बाँकेको ८ पालिकाका ८१ वटा वडाका कुल ४३९ पदमा उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराएकाछन् । सोमबार राती अबेर १० बजेसम्म बाँकेका ८ पालिकामा रहेको निर्वाचन कार्यालयमा उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

सबै पालिकामा शान्तिपूर्वक मनोनयन दर्ता भएको बाँके प्रहरीले बताएकोछ । कहिँकतै कुनै खालको अप्रिय अवस्था नआएको प्रहरीले बताएकोछ । योसंगै उम्मेदवारी दर्ता उत्साहजनक र शान्तिपूर्ण भएकोछ ।
उम्मेदवारी दर्ता गर्नुअघि नगर तथा गाउँ परिकर्मा गरेर विभिन्न राजनीतिक दलले आफ्नो उम्मेदवारी दर्ता गराएका थिए । नेपालगन्जको प्रचण्ड गर्मीलाई वेवास्ता गरि उम्मेदवारी दर्ता गरिएको थियो ।

सोक्रममा निर्वाचन कार्यालय पुगेका दलका समर्थकहरुले आ–आफ्नो पार्टीको पक्षमा चर्को नारा लगाएका थिए । निर्वाचन अधिकृतका कार्यालयहरु बाहिर समर्थकहरुको नारा जुलस गरिरहँदा उम्मेदवारहरु मनोनयनका लागि भित्र छिरेका थिए । उनीहरु आफ्ना समर्थक तर्फ हात हल्लाउने र अभिवादन गरेको पाइन्थ्यो ।





संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’