नेपालगन्ज १३ वैशाख : स्थानीय तह निर्वाचनका लागि नेपाली काँग्रेस बाँकेले घोषणा पत्र तयारीलाई अन्तिम रुप दिएको छ ।
काँग्रेस बाँकेका उपसभापति कृष्णबहादुर कार्कीको संयोजकत्वमा घोषणा पत्र तयारी समिति र सहसचिव बिनोद थारुको संयोजकत्वमा घोषणा पत्र मस्यौदा तयारी उपसमिति गठन गरिएको थियो ।
समितिका संयोजक कार्कीको अध्यक्षतामा मंगलबार अपरान्ह बसेको बैठकले घोषणा पत्रलाई अन्तिम रुप दिने निर्णय गरेको हो । काँग्रेस बाँकेको तर्फबाट सबै स्थानीय तहको लागि घोषणा पत्र तयार गर्न गठित उपसमितिबाट प्रस्तुत भएको मस्यौदामा छलफल गरी अन्तिम रुप दिने निर्णय गरिएको छ ।
यस्तै स्थानीय तह निर्वाचन घोषणा पत्रको मस्यौदालाई काँग्रेस बाँकेको घोषणा पत्र मस्यौदा तयारी समिति समक्ष पेश गर्ने निर्णय बैठकले गरेको छ । उक्त बैठकमा समितिका संयोजक कार्की, समितिका सह संयोजक एवम् उपसमितिका संयोजक थारु तथा सदस्यहरु डाक्टर अवनिन्द्रदत्त मिश्र, ईश्वरीप्रसाद ज्ञवाली, टेकबहादुर खड्का, देवेन्द्रकुमार केसी र अर्जुन ओलीको उपस्थिती रहेको थियो ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’