चुनावी प्रचारप्रसारमा ब्यस्त मल्लले मतदातालाई (लु)बाट जोगिन आग्रह गरे


चुनावी प्रचारप्रसारमा ब्यस्त मल्लले मतदातालाई (लु)बाट जोगिन आग्रह गरे

नेपालगन्ज १४ वैशाख : नेकपा एमाले खजुरा गाउँपालिकाका अध्यक्ष पदका उमेदवार सुमन मल्लले जनताहरुलाई तातो हावा (लू)बाट जोगिन आग्रह गरेकाछन् ।

निर्वाचनको दिन नजिकिदैँ जाँदा घरदैलो अभियानमा व्यस्त मल्लले बढ्दो तापक्रममा जोगिन यस्तो आग्रह गरेका हुन् ।

गर्मीयाम बढेसँगै तातो हावा चल्न थालेको आगलागिका घटना हुन नदिन र लू बाट बच्न दिउँसो घरबाट ननिस्कन उनले आग्रह गरे ।

जनतासंग आफ्ना योजना सुनाउन विहान साँझ घरदैलोमा पुग्ने गरेका अध्यक्ष पदका उमेदवार मल्लले खजुराको विकास गर्न आफ्नो उमेदवारी रहेको बताउँदै जनता स्वस्थ रहनका लागि अहिलेको समयमा विशेष ध्यान दिन आग्रह गरे ।

बाहिर निस्कनै परे पातलोे कपडाले टाउको छोप्ने वा छाता ओढ्ने, फलफूलको जुस वा धेरै पानी पिउने, धेरै पसिना आएमा कहिलेकाहीँ जीवनजल पिउने, खेतबारीमा कामकाज सकभर बिहान वा बेलुका गर्न उनले मतदातालाई आग्रह गरे ।

तातो हावाबाट श्वासप्रश्वासमा असर पर्ने, रक्तचाप कम हुने, शरीरबाट पसिना निस्कने, टाउको अत्यधिक दुख्ने, चक्कर लाग्ने, अचेत हुने, शरीरको तापक्रम बढे नजिकको स्वास्थ्य चौकी वा अस्पताल जान उनले सुझाए ।

खजुरा गाँउपालिकाको अध्यक्ष पदका उमेदवार मल्लले बुधबार खजुरा गाउँपालिकाको वडा नम्बर– १, २ र ३ का टोलहरुमा जनतासंग प्रत्येक्ष भेटेर चुनावी प्रचारप्रसार समेत गरे ।