नेपालगन्ज मेयरका उम्मेदवार प्रशान्त बिष्टको सम्पर्क कार्यालय स्थापना


नेपालगन्ज मेयरका उम्मेदवार प्रशान्त बिष्टको सम्पर्क कार्यालय स्थापना

नेपालगन्ज १४ वैशाख : नेपालगन्जका मेयरका उम्मेदवार प्रशान्त बिष्टको सम्पर्क कार्याल स्थापना गरिएकोछ ।

सत्ता गठबन्धनबाट नेपालगन्जको मेयरका उम्मेदवार बनेका विष्ट र उपमेयरका उम्मेदवार कमरुद्दिन राईको नेपालगन्जमा सम्पर्क कार्यालय स्थापना गरिएको हो ।

नेपालगन्ज नर्सिङ होम नजिक रहेको सिएसटी होटेलमा गठबन्धनको उक्त सम्पर्क कार्यालय स्थापना गरिएको छ । योसंगै अब मेयरका उम्मेदवार विष्ट र उपमेयरका उम्मेदवार राईको चुनावी गतिविधी यही सम्र्क कार्यालयबाट हुनेछ ।

Kids Festival 2022
kanti aarogya hospital

नेपाली काँग्रेसका नेता, कार्यकर्ता, मेयरका उम्मेदवार बिष्ट, उपमेयरका उम्मेदवार राई लगायत काँग्रेसका तर्फबाट वडा अध्यक्ष र वडा सदस्यका उम्मेदवारहरुको उपस्थितिमा बुधबार एक समारोहका बीच सम्पर्क कार्यालयको स्थापना गरिएको हो ।

नेपालगन्जको मेयर र उपमेयरमा काँग्रेस र जसपाबीच चुनावी तालमेल छ । बिष्ट काँग्रेस र राई जसपाबाट उम्मेदवार भएका हुन् ।

कार्यालय स्थापना कार्यक्रममा बोल्ने मेयरका उम्मेदवार बिष्टले संविधान र लोकतान्त्रकको रक्षाका लागि मेयर–उपमेयरमा चुनावी तालमेल भएकाले आफूहरु दुबै उम्मेदवारलाई अत्याधिक मतले विजयी बनाउन आग्रह गरे ।

उनले आफू मेयरमा निर्वाचित भए पश्चात् नेपालगन्जका नागरिकहरुलाई अनुभूति हुने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरे । त्यस्तै उपमेयरका उम्मेदवार राईले विकसित र समुन्नत नेपालगन्ज बनाउन नेपालगन्जवासीले आफूहरुको खाँचो महसुस गरिसकेको बताए ।

सम्पर्क कार्यालय स्थापना कार्यक्रममा नेताहरूले मन, वचन र कर्मले प्रतिवद्ध भई मेयर– उपमेयरका उम्मेदवारहरुलाई जिताउनतर्फ लाग्न आह्वान गरेका छन् ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य मैकुलाल बाल्मिकी, पार्टी सभापति नारायण प्रसाद गौडेल, राष्ट्रिय सभा सदस्य युवराज शर्मा, निवर्तमान सभापति किरण कोइराला, पूर्व सभापति एबम पूर्व मन्त्री गजेन्द्र हमाल लगायतले गठबन्धन तथा पार्टीका उम्मेदवारहरुलाई जिताउन सम्पूर्ण पार्टीपंक्तिलाई आह्वान गरे । योसंगै सत्ता गठबन्धनका उम्मेदवारहरु चुनावी गतिविधिमा तिव्ररुपमा खटेकाछन् ।