कोहलपुर १४ वैशाख : नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले द्वन्द्व पीडितको सम्मानका लागि कोहलपुर नगरपालिकामा काँग्रेसका युवा नेता पूर्णप्रसाद आचार्यको उम्मेदवारी रहेको बताएका छन् ।
कोहलपुर नगरपालिकामा नेपाली काँग्रेसको तर्फबाट मेयर, उपमेयर, वडाअध्यक्ष र वडा सदस्यका आकांक्षी लगायत नेता, कार्यकर्तालाई बुधबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
नेपाली काँग्रेसले कोहलपुर नगरपालिकामा आचार्य जस्तो युवा नेतालाई मेयरको उम्मेदवार बनाउनु आम कोहलपुरबासीका लागि गर्वको कुरा भएको बताए ।
‘पूर्ण प्रसाद आचार्य कोहलपुर नगरपालिकाको भविष्यसँग जोडिएको युवा नेता हुन्, यसपटक जसरी पनि मेयरमा निर्वाचित गराएर कोहलपुरबासीले जिम्मेवारी सुम्पिनुपर्छ,’ प्रमुख अतिथी राठौरले भने ।
नेता आचार्यको परिवार २०५६ सालमा तत्कालिन द्वन्द्वका क्रममा सल्यान जिल्लाबाट विस्थापित भई कोहलपुरमा आएर बसेको थियो । तसर्थ, द्वन्द्व पीडित र विस्थापित परिवारको सम्मानका लागि आचार्यलाई निर्वाचित गराउनुको विकल्प नभएको राठौरले प्रष्ट्याए ।
यस्तै उपमेयरका उम्मेदवार संगिता सुवेदी कोहलपुरको समग्र विकास गर्न सक्ने सक्षम महिला नेतृ भएको उनले बताए ।
‘कोहलपुरको उपमेयरका रुपमा नेपाली काँग्रेसले यस्तो ब्यक्तिलाई अगाडी सारेको छ, संगिता सुवेदी कोहलपुर क्षेत्रका लागि एकदमै परिचित नाम हो,’ राठौरले भने ‘कोहलपुरको विकास गर्नमा संगितासँग धेरै कुराको जानकारी छ ।’
उक्त कार्यक्रम नेपाली काँग्रेसका कोहलपुर नगर सभापति बिरेन्द्र शाहको सभापतित्वमा सम्पन्न भएको थियो । सो क्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य मैकुलाल बाल्मिकी लगायत पार्टीका विभिन्न तहमा रहेका नेता, कार्यकर्ताको सहभागिता रहेको थियो ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’