न्यायका बारेमा सचेतना अभिबृद्धि गर्न कन्सर्टको गरिदैं


न्यायका बारेमा सचेतना अभिबृद्धि गर्न कन्सर्टको गरिदैं

नेपालगन्ज १५ वैशाख : न्याय र शािन्तका बारेमा सचेतना अभिबृद्धि गर्न नेपालगन्जमा जस्टिस कन्सर्ट हुदैँछ ।

ब्याप्त घृणा, द्वेष र कलह मेटाई मानवजाति बीच समानता, मर्यादा र न्यायपूर्ण ब्यवस्था कायम गर्नका लागि र न्याय, शान्ति र राज्यका संस्थाहरु मजबुत भएको सुन्दर समाज निर्माण गर्न लागि संगीतको माध्यमले सचेतनामुलक कन्सर्ट गर्न लागिएको हो ।

देशको न्याय, कानून, लोक प्रशासन, स्थानीय सरकार र सामाजिक जीवनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने जिम्मेवारीमा रहेका व्यक्तीहरुको सहभागितामा कन्सर्टको आयोजना गरिएको हो ।

‘न्याय विकासको जग हो’ भन्ने मान्यता लिएर दिगो विकास लक्ष्यको गोल १६ अर्थात् ‘शान्ति, न्याय र मजबुत संस्थाहरु’ निर्माणका लागि जनस्तरबाट योगदान गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गर्न लागिएको हो ।

Kids Festival 2022
kanti aarogya hospital
add

सूचनाको हकका लागि राष्ट्रिय महासंघद्वारा बैशाख १६ गते शुक्रवार साँझ ७ बजे नेपालगन्जको मेरो प्लानेटमा कन्सर्ट गर्न लागिएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

महासंघका वरिष्ठ उपाध्यक्ष अधिबक्ता विश्वजित तिवारीले न्यायलय र जनताविचको सम्वन्ध प्रगाढ बनाउन र न्यायका बारेमा आम नागरिकमा संगितको माध्यमले सचेतना अभिबृद्धि गर्न लागिएको बताए । कन्सर्टमा दिगो विकास लक्ष्य अभियन्ता रोहन रत्न बागचन्दको प्रस्तुति रहनेछ ।

कन्सर्टका परिकल्पनाकार प्यारलिगलिज्म प्राकटिशनर प्रभाकर बागचन्दले वर्तमान परिस्थितीमा जनतालाई न्यायको अनुभुति नभएको अवस्थामा न्यायका बारेमा नागरिकलाई जागरुक बनाउनुपर्नेमा जोड दिए । कन्सर्टमा वागचन्दको एकल प्रस्तुती हुनेछ ।

नेपालमै पहिलोपटक आयोजना हुन लागेको यस किसिमको कार्याक्रमले विभिन्न सरोकारवाला निकायको ध्यानाकषर्ण गराउने अपेक्षा लिएको छ ।