आचार्य र सुवेदीले भने –‘भ्रष्टाचारमुक्त कोहलपुर बनाउने प्रतिबद्ध छौं’


आचार्य र सुवेदीले भने –‘भ्रष्टाचारमुक्त कोहलपुर बनाउने प्रतिबद्ध छौं’

कोहलपुर १५ वैशाख : कोहलपुर नगरपालिकाका मेयर पदका उम्मेदवार पूर्णप्रसाद आचार्य र उपमेयर पदका उम्मेदवार संगीता सुवेदीले भ्रष्टाचारमुक्त कोहलपुर नगरपालिका बनाउने अभियानमा आफुहरु प्रतिबद्ध रहेको बताएका छन् ।

असल शासन क्लव बासले कोहलपुरमा बिहीबार आयोजना गरेको ‘नेता ज्यू, नागरिकको आवाज सुन्नुहोस्’ अभियानमा नेपाली काँग्रेसबाट मेयर र उपमेयर पदका उम्मेदवार आचार्य र सुवेदीले कोहलपुर नगरपालिकालाई भ्रष्टाचारमुक्त बनाउने अभियानमा प्रतिबद्ध रहेको भन्दै हस्ताक्षर गरे ।

यस्तै निर्वाचनमा गलत आश्वसन नदिने, निर्वाचनमा भएको खर्च सार्वजनिक गर्ने कुरामा पनि आफुहरु प्रतिबद्ध रहेको उनीहरुको भनाइ छ ।

निर्वाचनपछि जनताका आवाज सुन्ने, शान्ति सुरक्षाको व्यवस्था हुने, कोहलपुर नगरपालिकालाई ध्वनी प्रदूषणरहित सहर बनाउने, वातावरण प्रदूषण मुक्त शहर बनाउने लगायतका सवालमा आफुहरु प्रतिबद्ध रहेको आचार्य र सुवेदीले बताएका थिए ।

Kanti Aarogya Hospital Nepalgunj

कोहलपुर नगरपालिकालाई सम्बृद्ध बनाउने सवालमा आफुहरु प्रतिबद्ध रहेको उनीहरुको कथन थियो ।