कोहलपुर १५ वैशाख : कोहलपुर नगरपालिकाका मेयर पदका उम्मेदवार पूर्णप्रसाद आचार्य र उपमेयर पदका उम्मेदवार संगीता सुवेदीले भ्रष्टाचारमुक्त कोहलपुर नगरपालिका बनाउने अभियानमा आफुहरु प्रतिबद्ध रहेको बताएका छन् ।
असल शासन क्लव बासले कोहलपुरमा बिहीबार आयोजना गरेको ‘नेता ज्यू, नागरिकको आवाज सुन्नुहोस्’ अभियानमा नेपाली काँग्रेसबाट मेयर र उपमेयर पदका उम्मेदवार आचार्य र सुवेदीले कोहलपुर नगरपालिकालाई भ्रष्टाचारमुक्त बनाउने अभियानमा प्रतिबद्ध रहेको भन्दै हस्ताक्षर गरे ।
यस्तै निर्वाचनमा गलत आश्वसन नदिने, निर्वाचनमा भएको खर्च सार्वजनिक गर्ने कुरामा पनि आफुहरु प्रतिबद्ध रहेको उनीहरुको भनाइ छ ।
निर्वाचनपछि जनताका आवाज सुन्ने, शान्ति सुरक्षाको व्यवस्था हुने, कोहलपुर नगरपालिकालाई ध्वनी प्रदूषणरहित सहर बनाउने, वातावरण प्रदूषण मुक्त शहर बनाउने लगायतका सवालमा आफुहरु प्रतिबद्ध रहेको आचार्य र सुवेदीले बताएका थिए ।
कोहलपुर नगरपालिकालाई सम्बृद्ध बनाउने सवालमा आफुहरु प्रतिबद्ध रहेको उनीहरुको कथन थियो ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’