गठबन्धनका साझा उम्मेदवार विष्ट र राई प्रचार–प्रसारमा जुटे


गठबन्धनका साझा उम्मेदवार विष्ट र राई प्रचार–प्रसारमा जुटे

नेपालगन्ज १५ वैशाख : नेपालगन्ज उपमहानगरपालिकामा मेयर र उपमेयर पदका उम्मेदवार प्रचार प्रसारमा जुटेका छन् ।

गठबन्धनको तर्फबाट नेपालगन्जको नगर प्रमुखमा काँग्रेसका विष्ट र उपप्रमुखमा जनता समाजवादी पार्टी(जसपा)का कमरुद्धिन राई मैदानमा छन् ।

विष्ट र राई नेपाली काँग्रेससहित नेकपा माओबादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकिकृत समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका साझा उम्मेदवार हुन् ।

मेयर पदका उम्मेदवार विष्ट, विभिन्न वडा तहमा रहेका उम्मेदवार, नेता, कार्यकर्ताहरु बिहीबार बिहानैदेखी प्रचार–प्रसारमा ब्यस्त भएका हुन् ।

Kids Festival 2022
kanti aarogya hospital

आफुहरु घरदैलोमो पुग्दा नेपालगन्ज उपमहानगरबासीले हौसला दिइरहेको विष्टले सुनाए ।

‘निर्वाचनको प्रचार प्रसार गर्ने समय एकदमै छोटो छ, जतिसक्दो हाम्रा मतदातालाई मैले भेट्नेछु,’ उनले भने ‘अहिलेसम्म जति जनालाई भेटेको छु, अधिकांश मतदाता उत्साहित हुनुहुन्छ, ठाउँ ठाउँमा हामीलाई स्वागत गर्नु भएको छ ।’ यस्तै उपमेयर पदका उम्मेदवार राई पनि प्रचार प्रसारमा ब्यस्त छन् ।

मेयरमा विष्ट र उपमेयरमा आफु निर्वाचित भएपछि नेपालगन्ज उपमहानगरपालिकाले विकासमा फड्को मार्ने राईले सुनाए ।