नेपालगन्ज १५ वैशाख : नेपालगन्ज उपमहानगरपालिकामा मेयर र उपमेयर पदका उम्मेदवार प्रचार प्रसारमा जुटेका छन् ।
गठबन्धनको तर्फबाट नेपालगन्जको नगर प्रमुखमा काँग्रेसका विष्ट र उपप्रमुखमा जनता समाजवादी पार्टी(जसपा)का कमरुद्धिन राई मैदानमा छन् ।
विष्ट र राई नेपाली काँग्रेससहित नेकपा माओबादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकिकृत समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका साझा उम्मेदवार हुन् ।
मेयर पदका उम्मेदवार विष्ट, विभिन्न वडा तहमा रहेका उम्मेदवार, नेता, कार्यकर्ताहरु बिहीबार बिहानैदेखी प्रचार–प्रसारमा ब्यस्त भएका हुन् ।
आफुहरु घरदैलोमो पुग्दा नेपालगन्ज उपमहानगरबासीले हौसला दिइरहेको विष्टले सुनाए ।
‘निर्वाचनको प्रचार प्रसार गर्ने समय एकदमै छोटो छ, जतिसक्दो हाम्रा मतदातालाई मैले भेट्नेछु,’ उनले भने ‘अहिलेसम्म जति जनालाई भेटेको छु, अधिकांश मतदाता उत्साहित हुनुहुन्छ, ठाउँ ठाउँमा हामीलाई स्वागत गर्नु भएको छ ।’ यस्तै उपमेयर पदका उम्मेदवार राई पनि प्रचार प्रसारमा ब्यस्त छन् ।
मेयरमा विष्ट र उपमेयरमा आफु निर्वाचित भएपछि नेपालगन्ज उपमहानगरपालिकाले विकासमा फड्को मार्ने राईले सुनाए ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’