नेपालगन्ज १५ वैशाख : नेपालगन्जमा हालै सम्पन्न प्रस्तावित लियो जिल्ला परिषद् ३२५ एनको ऐतिहासिक अधिवेशनबाट जिल्ला परिषद् अध्यक्ष पदमा नेपालगन्जका सुजित वैश्य र जिल्ला परिषद् उपाध्यक्ष पदमा नेपालगन्जकै बिबेक श्रेष्ठ निर्वाचित भएकाछन् ।
हालै लियो जिल्ला परिषद् ३२५ बि २ बाट बिभाजित भएको लियो जिल्ला परिषद् ३२५ एनको कार्य क्षेत्र दाङको भालुबाङदेखि पश्चिम नेपालको समस्त क्षेत्र र काठमाडौँका केहि क्षेत्र रहेको छ ।
हाल यस जिल्ला परिषद् अन्तर्गत २५ सक्रिय लियो क्लब रहेका र यसै वर्ष भित्र थप २५ क्लब खुल्ने तयारीमा रहेको नव निर्वाचित जिल्ला परिषद् अध्यक्ष वैश्यले बताए । उक्त अधिवेशनबाटै प्रारम्भिक बोर्ड समेत निर्माण भएको छ ।
विभिन्न पदहरुमा मनोनित हुनेमा सचिव पदमा महेन्द्रनगरको लियो क्लब अफ शुँक्लाफाँटा स्माइलका मदन गिरी, नेपालगन्जको लियो क्लब अफ नेपालगन्ज इनोभेटिभका बसन्त बस्नेत, कोषाध्यक्षमा खजुराको लियो क्लब अफ नेपालगन्ज खजुराका रबिना खड्का, जिल्ला परिषद् संयोजकमा किरण साप्कोटा, जिल्ला परिषद् सहसंयोजकमा सन्तोष केसी, जनसम्पर्क अधिकारीमा बिमला श्रेष्ठ, मर्यादापालकमा प्रकाश कुँवर, टेमरमा कर्ण आचार्य एरिया १ चिफमा निलेश श्रेष्ठ, एरिया २ चिफमा प्रवेश भुषाल, एरिया ३ चिफमा देवेन्द्र खड्का मनोनित भएका छ ।