नेपालगन्ज १५ वैशाखः नेपाली काँग्रेसका तर्फबाट नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर– ९ मा रहेका उम्मेदवारहरु आफ्नो प्रचारमा सक्रिय भएका छन् ।
उक्त वडामा काँग्रेसले वडाअध्यक्षमा अकवर शेख (गुड्ड), खुल्ला महिला सदस्यमा पुष्पा शुक्ला, दलित महिला सदस्यमा कौशिला कुमारी सुनार, खुल्ला सदस्यमा शक्तिसिंह हमाल र सुर्जा थापा (अनिता थापा) लाई उम्मेदवार बनाएको छ ।
वडामा रहेका पाँचै जना उम्मेदवारले प्रचार प्रसार तिब्र पारेका हुन् । उनीहरुसहित काँग्रेसका नेता, कार्यकर्ताहरु घरदैलोमा पुगेर मत माग्ने काम गरिरहेका छन् । नेपाली काँग्रेसका युवा नेता एवम् वडा नम्बर ९ का वडासदस्य रमेश तिमिल्सेनाका अनुसार काँग्रेसले उक्त वडामा वडाअध्यक्षसहित सबै वडासदस्यमा जित्ने रणनीति बनाएको छ ।
त्यसका लागि जनतालाई काँग्रेस सरकारको आवश्यकता, काँगे्रेस नेतृत्वको सरकारले गरेका राम्रा कामको जानकारी गराइएको छ । वडा नम्बर ९ मा यसपटक मतदाताले काँग्रेसलाई वडासहित उपमहानगरपालिकाको नेतृत्व तहमा पुर्याउने सोच बनाएको र अधिकांस मतदाता काँग्रेसका उम्मेदवारप्रति सकारात्मक देखिएको वडाअध्यक्षका उम्मेदवार शेखले बताए ।
समाजसेवासँगै राजनीतिमा सक्रिय रहेका गुड्ड उक्त वडामा सबैसँग मिल्ने, इमान्दार र स्वच्छ छबि भएका नेताका रुपमा चिनिन्छन् । उनीसहित वडासदस्यका उम्मेदवार पनि योग्य र सक्षम रहेको वडाबासी बताउँछन् ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’