नेपालगन्ज १५ वैशाखः नेपाली काँग्रेसका तर्फबाट नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर– ९ मा रहेका उम्मेदवारहरु आफ्नो प्रचारमा सक्रिय भएका छन् ।
उक्त वडामा काँग्रेसले वडाअध्यक्षमा अकवर शेख (गुड्ड), खुल्ला महिला सदस्यमा पुष्पा शुक्ला, दलित महिला सदस्यमा कौशिला कुमारी सुनार, खुल्ला सदस्यमा शक्तिसिंह हमाल र सुर्जा थापा (अनिता थापा) लाई उम्मेदवार बनाएको छ ।
वडामा रहेका पाँचै जना उम्मेदवारले प्रचार प्रसार तिब्र पारेका हुन् । उनीहरुसहित काँग्रेसका नेता, कार्यकर्ताहरु घरदैलोमा पुगेर मत माग्ने काम गरिरहेका छन् । नेपाली काँग्रेसका युवा नेता एवम् वडा नम्बर ९ का वडासदस्य रमेश तिमिल्सेनाका अनुसार काँग्रेसले उक्त वडामा वडाअध्यक्षसहित सबै वडासदस्यमा जित्ने रणनीति बनाएको छ ।
त्यसका लागि जनतालाई काँग्रेस सरकारको आवश्यकता, काँगे्रेस नेतृत्वको सरकारले गरेका राम्रा कामको जानकारी गराइएको छ । वडा नम्बर ९ मा यसपटक मतदाताले काँग्रेसलाई वडासहित उपमहानगरपालिकाको नेतृत्व तहमा पुर्याउने सोच बनाएको र अधिकांस मतदाता काँग्रेसका उम्मेदवारप्रति सकारात्मक देखिएको वडाअध्यक्षका उम्मेदवार शेखले बताए ।
समाजसेवासँगै राजनीतिमा सक्रिय रहेका गुड्ड उक्त वडामा सबैसँग मिल्ने, इमान्दार र स्वच्छ छबि भएका नेताका रुपमा चिनिन्छन् । उनीसहित वडासदस्यका उम्मेदवार पनि योग्य र सक्षम रहेको वडाबासी बताउँछन् ।