पूर्ण आचार्यलाई समर्थन दिदैं बलरामले फिर्ता लिए बागी उम्मेदवारी


पूर्ण आचार्यलाई समर्थन दिदैं बलरामले फिर्ता लिए बागी उम्मेदवारी

कोहलपुर १६ वैशाख : नेपाली काँग्रेस कोहलपुरमा मेयर पदमा बागी उम्मेदवारी दिएका बलराम शर्माले उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन अधिकृतको कार्यालयमा पुगेर शर्माले बागी उम्मेदवारी फिर्ता लिदँ पार्टीबाट आधिकारिक उम्मेदवार बनेका पूर्णप्रसाद आचार्यलाई समर्थन गरे ।

बागी उम्मेदवारी फिर्ता लिएपछि शर्माले पार्टीले आधिकारिक उम्मेदवार बनाएको पूर्णप्रसाद आचार्यलाई जिताउन लागिपर्न सबैमा अपील गरेका छन् । पार्टीको निर्णय आफुले मानेर जाने बताउँदै प्रदेश क्षेत्र नम्बर– १ ‘ख’ का सभापति समेत रहेका शर्माले सबै कार्यकर्ता तथा नेताहरुलाई काँग्रेसको पक्षमा एक हुन आह्वान गरे ।

उनले भने–‘टिकट पाउने लाइनमा म आफै अगाडी थिए । अन्तिममा मेरो नामलाई पछाडी पारियो । यसमा मेरो मन दुखेको छ । तर, पार्टीले आधिकारिकरुपमा पूर्णलाई उम्मेदवार बनाएपछि उहाँलाई जिताउनु हामी सबैको दायित्व हो ।’

उनले मेयर, उपमेयर तथा नगरपालिकाका १५ वटै वडाअध्यक्ष तथा सदस्यहरुलाई जिताउन सबैलाई आह्वान गरे ।

Kanti Aarogya Hospital Nepalgunj

यस्तै काँग्रेस नगर उपसभापति भरत शर्माले दिएको राजीनामा पनि फिर्ता लिएका छन् । शर्माले आन्तरिकरुपमा आएका समस्यालाई पार्टीभित्रै हल गरिने बताउँदै निर्वाचनमा भने पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ताहरु एक भएर जानु पर्ने बताए ।

उनले काँग्रेसबाट टिकट पाएका सबै उम्मेदवारलाई जिताउनु सबै कार्यकर्ताको दायित्व भएको बताए । शर्माले बागी उम्मेदवारी फिर्ता लिएसंगै पार्टी कार्यालयमा लगाइएको ताला समेत खुलेको छ ।

शर्माको बागी उम्मेदवारी फिर्तापछि कार्यकर्ताहरुमा उत्साह देखिएको छ । उत्साहित काँग्रेसी कार्यकर्ताहरुले मोटरसाइकल ¥याली निकालेर नगर परिक्रमा गरेका थिए ।

बागी उम्मेदवारी फिर्ता गर्नेक्रममा निर्वाचन अधिकृतको कार्यालयमा शर्मासंगै नेपाली काँग्रेसका केन्द्रिय सदस्यद्वय सञ्जयकुमार गौतम, मैकुलाल बाल्मिकी, लुम्बिनी प्रदेश सदस्यद्वय टेकनारायण भुसाल, अञ्जना पाण्डे, जिल्ला सभापति नारायण प्रसाद गौडेल, क्षेत्रीय सभापति पोषण केसी, महाधिवेशन प्रतिनिधि तथा प्रभावशाली नेता भानुभक्त भट्टराई, मेयर पदका उम्मेदवार पूर्णप्रसाद आचार्य, उपमेयर पदका उम्मेदवार संगीता सुबेदी, काँग्रेसका नगरसभापती वीरेन्द्रबहादुर शाहलगायतको उपस्थिती रहेको नगर सचिव बालकुमार शर्माले जानकारी दिए ।