काठमाडौँ १६ वैशख : प्रेस काउन्सिल नेपालले ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका–२०७८ सार्वजनिक गरेको छ ।
काउन्सिलको सभाहलमा शुक्रबार भएको कार्यक्रममा अध्यक्ष बालकृष्ण बस्नेत र काउन्सिलका पूर्व अध्यक्ष राजेन्द्र दाहालले संयुक्तरूपमा निर्देशिका सार्वजनिक गरे ।
अध्यक्ष बस्नेतले पत्रकार आचारसंहिता–२०७३ (पहिलो संशोधन, २०७६) को दफा १५ लाई टेकेर निर्देशिका तयार पारिएको बताए । उनले समाजका हरेक पक्ष र क्षेत्रप्रति पत्रकारिताजगत् जिम्मेवार हुनुपर्ने भन्दै ज्येष्ठ नागरिकप्रति समाजको दृष्टिकोण सकारात्मक र सम्मानपूर्ण बनाउन भूमिका खेल्न निर्देशिका जारी गरिएको प्रष्ट पारे ।
निर्देशिकामा सञ्चार माध्यम र सञ्चारकर्मीले समाचार सामग्री प्रकाशन÷प्रसारण गर्दा ध्यान दिनुपर्ने, विषय, शब्दावली, उखानटुक्का, ज्येष्ठ नागरिकको हेरचाह, पालनपोषण, अधिकार संरक्षण, सामाजिक संस्कार आदिका बारेमा उल्लेख गरिएको छ ।
सञ्चार माध्यमले ज्येष्ठ नागरिकसम्बन्धी समाचार वा सामग्री प्रकाशन÷प्रसारण गर्दा समाजमा ज्येष्ठ नागरिकप्रति सकारात्मक भाव जगाउने, ज्येष्ठ नागरिकका अधिकारको संरक्षण र सुविधाबारे सुसूचित गर्नुपर्ने विषय निर्देशिकामा प्रष्ट पारिएको छ ।
सञ्चार माध्यमहरू ज्येष्ठ नागरिकको मर्यादा, समाज र राष्ट्रका लागि ज्येष्ठ नागरिकको योगदान लगायतका विषयमा गम्भीर बन्नुपर्नेमा निर्देशिकाले प्रेरित गर्ने अपेक्षा गरिएको छ ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’